प्रधानमन्त्री ओलीद्वारा जनताको जलविद्युत् आयोजनाको सुभारम्भ
'नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी' भन्ने नाराका साथ सरकारले जनताको जलविद्युत् आयोजना कार्यक्रम सुरु गरेको छ ।
उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विहिबार राजधानीको राष्ट्रियसभागृहमा विशेष कार्यक्रम गरि जनताको जलविद्युत् आयोजना कार्यक्रमको शुभारम्भ गरेको हो । कार्यक्रमको उद्घाटन गर्दे प्रधानमन्त्री केपी शर्मा ओलीले गतिशिल क्षेत्रमा लगानी बढाउन सवैलाई आव्हान गरे। नेपालले जलविद्युत्को क्षेत्रमा प्रचुर संभावना बोकेकाले यस क्षेत्रमा लगानी वृद्धि गरि आफुलाई सम्पन्नशाली बनाउन पनि उनले सबैलाई आग्रह गरे ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले उर्जा बर्ष घोषणा गर्ने लक्ष सहित सरकारले लिएको नीति अनुसार जनताको जलविद्युत् आयोजनाको शुभारम्भ गरिएको बताए । यस आयोजनामा समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना सामाजिक न्यायको सिद्धान्तको आधारमा गरिने छ भन्ने सरकारको दृष्टिकोण पनि निहित रहेको बताए ।
स्वदेशी लगानीमै नेपाल भित्र ३ हजार मेघावाटभन्दा बढी जलविद्युत आयोजना संचालन गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार जनताको जलविद्युत् आयोजनामा सार्वजनिक गरिएको हो । ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने मूल नाराका साथ सुरु गरिएको आयोजना अन्र्तगत सरकारले ३ हजार ७ सय ७९ मेघावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको छ ।
सो आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत शेयर र प्रभावित क्षेत्रका जनताको १० प्रतिशत शेयर रहने गरि कानुनी व्यवस्था मिलाईएको छ । आयोजना अन्र्तगत ३ हजार ७ सय ८९ मेघावाट क्षमताको १९ वटा ललविद्युत आयोजना निर्माणका लागि करिव ६ खरव बजेट लाग्ने अनुमान गरिएको छ ।