मनोरञ्जन

विद्यालयस्तरीय नृत्य प्रतियोगिताको छनोट चरण सम्पन्न

विद्यालयस्तरीय नृत्य प्रतियोगिताको छनोट चरण सम्पन्न

लमजुङ । गण्डकी प्रदेशस्तरीय छैटौँ लमजुङ महोत्सवको लागि मध्य नेपाल नगरपालिकाअन्तर्गतका इशानेश्वर माध्यमिक विद्यालय भोर्लेटार, लमजुङमा विद्यालयस्तरीय नृत्य प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ।

 

उक्त प्रतियोगितामा जनमन्दिर मावि, चिसङ्कु, गणेश मालिका मावि नेटा, डडुवा दुर्छा मावि करापु, रानीपानी ग्रीन भ्याली एकेडेमी भोर्लेटार, ईशानेश्वर मावि भोर्लेटार, कल्याण मावि बाङ्ग्रेबेसी, सम्झना मावि समिभन्ज्याङ र भैरवकाली मावि दुर्ईपिप्ले रम्घा गरी ८ वटा विद्यालयका विद्यार्थीले भाग लिएका थिए।

 

छैटौँ लमजुङ महोत्सव सांस्कृतिक उपसमितिका संयोजक श्रीकृष्ण लामिछानेको अध्यक्षता र मध्यनेपाल  नगरपालिकाका शिक्षा शाखा प्रमुख दीपक पौडेलको प्रमुख आतिथ्य एवं मध्यनेपाल नगरपालिका-६ का वडाध्यक्ष विष्णुभक्त पौडेल, लमजुङ जागरणका सम्पादक कमला केसी, लमजुङ रत्नका सम्पादक अञ्जना पौडेल, ईशानेश्वर मावि व्यवस्थापन समितिका अध्यक्ष मदनकुमार न्यौपाने, ईशानेश्वर माविका प्रअ रामकृष्ण घिमिरे, मध्यनेपाल नगरपालिका ६ का वडा सदस्य रामकृष्ण कुँवर लगायतको आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो। उक्त प्रतियोगितात्मक कार्यक्रममा मध्यनेपाल  नगरपालिकाका शिक्षा शाखा प्रमुख दीपक पौडेल, लमजुङ टेलिभिजनका समाचार प्रमुख एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका सचिव  अनुज अधिकारी र लमजुङ डान्स स्टुडियोका नृत्य निर्देशक सन्जित गुरुङ निर्णायक रहेका छैटौँ लमजुङ महोत्सव सांस्कृतिक उपसमितिका संयोजक श्रीकृष्ण लामिछानेले बताए।

 

उनका अनुसार छैटौँ लमजुङ महोत्सवका लागि अन्य पालिकामा पनि छनोट चरणको कार्यक्रम सुचारु रहेको हुँदा सबैतिरबाट प्राप्त नतिजाका आधारमा निर्णय गरिने र छनोट भएका नृत्यलाई लमजुङ महोत्सवको मूल कार्यक्रममा पुनः सहभागी गराई अन्तिम नतिजा प्रकाशित गरिने छ। उक्त कार्यक्रमको सञ्चालन साहित्यकार एवं ईशानेश्वर माविका शिक्षक रमेशचन्द्र घिमिरेले गरेका हुन्।

नृत्य छनोट

विशेष