खेल

पाकिस्तान सुपर लिगः उद्घाटन खेलमै सन्दीप आवद्ध लाहोर पराजित

पाकिस्तान सुपर लिगः उद्घाटन खेलमै सन्दीप आवद्ध लाहोर पराजित

काठमाडौं । यूूएईमा जारी पाकिस्तान सुपर लिग (पीएसल) को उद्घाटन खेलमै नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध लाहोर क्वालान्दर्स इश्लामावाद युनाइटेडसँग ५ विकेटले पराजित भएको छ । बिहीबार राति दुवईमा भएको खेलमा लाहोरले टस हारेर ब्याटिङको मौका पाएको थियो । स्टार क्रिकेटर एवी डी विलियर्ससमेत रहेको लाहोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनायो । उसका लागि फकर जमानले सर्बाधिक ६५, सोहिल अख्तरले ३७, डी विलियर्सले २४ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान सस्तैैमा समेटिए । 

 

बलिङमा इश्लामावादका हुसेन टालटले २, साहव खान, मोहम्मद सामी, वाक्स मक्सुड र क्यामरुन डेलपर्टले एकएक विकेट लिए । १७२ रनको लक्ष्यका साथ मैदान उत्रेको इश्लामावादले १९.२ ओभरमा पूरा गर्यो । उसका लागि लुकी रोचीले २७, हुसेन टालटले ३७, आशिफ अली (नट आउट) ले ३६, क्यामरुन डेलपोर्टले २४, फहिम अश्रफ (नटआउट) ले १५ रन बनाए । बलिङमा लाहोरका राहत अलीले ४ र कार्लोस ब्रेथवेटले एक विकेट लिए । 

 

इश्लामावाद विरुद्धको खेलमा सन्दीपले खेल्न पाएनन् । उनी अहिले अष्ट्रेलियामा चलिरहेको बिग ब्यास लिग (बीबीएल) खेलिरहेका छन् । उनले पीएसलका ३ खेल गुमाउने भएका छन् । बीबीएलको फाइनल खेलेर मात्रै सन्दीप अष्ट्रेलियबाटै पीएसल खेल्न यूएई जाने छन् । बीबीएलको फाइनल आइतबार हुँदैछ । 

 

पाकिस्तान सुपर लिग सन्दीप लामिछाने पीएसल

विशेष