हिरो गोल्डकप फुटबलकाे फाइनल आज, नेपालले उपाधि जित्ने सम्भावना कति ?
काठमाडौं । भारतमा जारी हिरो गोल्डकप फुटबलको उपाधि भिडन्त आज हँदैछ । उपाधिका लागि शुक्रबार नेपाली महिला टोलीले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । चार टोली सहभागी गोल्डकपमा नेपालले लिग चरणको उपविजेताका रूपमा फाइनलमा स्थान बनाएको हो। खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।
तीन खेलमा नेपालले दुई जित र एक हार आत्मसात् गरेको थियो। म्यानमार सबै खेल जितेर समूह विजेता बन्दै फाइनलमा पुगेको थियो। लिग चरणको अन्तिम खेलमा बुधबार नेपालले बलियो टोली इरानलाई ३-० गोलले हराएको थियो। अर्को खेलमा म्यानमारले आयोजक भारतलाई २-० गोलले हराएपछि नेपालको फाइनल यात्रा सम्भव भएको थियो। पहिलो खेलमा नेपाल म्यानमारसँग ३-० गोलले पराजित भएको थियो।
फाइनलमा नेपाललाई म्यानमारसँग लिग चरणमा भोगेको हारको बदला लिने राम्रो अवसर पनि जुरेको छ। नेपालले दोस्रो खेलमा आयोजक भारतलाई २-१ गोलले पराजित गरेको थियो। सिनियर महिला टोलीले भारतलाई हराएको यो नै पहिलोपटक हो।
नेपाल भर्सेस म्यानमार हिरो गोल्डकप फुटबल