कभर स्टोरी भिडियो

मन्त्रीहरुको बतासे काम देखेर छक्क पर्छु (भिडियोसहित)

मन्त्रीहरुको बतासे काम देखेर छक्क पर्छु (भिडियोसहित)

काठमाडौं । अरुणकुमार सुवेदी जल मामिला जानकार हुन् । त्यसबाहेक उनी अन्तर्राष्ट्रिय मामिला र आर्थिक मामिलामा पनि तीखो टिप्पणी गर्छन् । नेपालआजको नियमित भिडियो स्तम्भ ‘कुरा खस्रा मीठा’मा उनले नेपालको कृषि उत्पादन बढाउने नीति नै खराब रहेको दावी गरेका छन् । 

 

विश्लेषक सुवेदीले यसपटकको कुराकानीमा मूलभूत रुपमा निम्नकुराहरु गरेका छन्ः 

 

–वाम गठबन्धनले दुई वर्षमा कृषिजन्य वस्तुमा आत्मनिर्भर हुने भनेको थियो । एक वर्ष बित्यो । हामी ४९ अर्बको दाल र २३ अर्बको चामल आयात गरिरहेका छौं । कोदोदेखि फापर पनि आयात नै हुने गरेको छ । 

 

–हामीसँग कृषिमा काम गर्ने जनशक्ति पनि छैन । पहाडका जमिन सबै बाँझा भएका छन् । तराईमा पनि समस्या त्यस्तो हुन थालेको छ । विगत देखिको समस्या यो सरकारले रातारात हटाउन सक्दैन । 

 

–    कृषि ऋणमा अनुदान दिने कुरा सरकारको राम्रो हो । सामाजिक सुरक्षाको कुरा पनि सरकारको राम्रो कुरा हो । भ्रष्टाचार नियन्त्रणको पहिलो शर्त नै सामाजिक सुरक्षा हो ।  

 

–    बजारमा ब्याजदर बढिरहेको छ । सरकारमाथि भार परिरहेको छ । नेपालका नीति निर्माताको भ्रम अचम्म लाग्दो छ । नीतिनिर्माणको तहमा पुगेपछि अहंकार बढ्छ । सरकारसँग खर्च गर्ने पैसा छैन । पैसा उठाउने तरिका सिकाउँदा पनि कसैले सुन्दैनन् । निजी क्षेत्रले सामाजिक उत्तरदायित्वका शीर्षकमा खर्च गर्ने पैसालाई एउटा बास्केटमा राखेर त्यसबाट सामाजिक सुरक्षामा खर्च गर्ने हो भने अर्बौं रुपैयाँ संकलन हुन्छ ।

 

माथिल्लो तामाकोशीकै ऋण बेचेर लगानी कोष र कर्मचारी सञ्चयकोषले अर्को योजनामा लगाउन सक्छन् । त्यहाँबाट पनि करिब  २०–३० अर्ब सजिलै उपलब्ध हुन सक्छ । उनीहरु आफै बुझ्दैनन् । हामीले देखाइदिँदा घाम लाग्दैन, म के गरुँ ? 

 


–    मन्त्रीहरु बतासे काम गर्छन् । प्रधानमन्त्री नै यस्तै गर्छन । मन्त्रीहरुको ओभर स्मार्ट हुने रोग सबैमा छ । भौतिक योजनामन्त्रीले इञ्जिनियरहरुलाई पाठ पढाएको पनि देखिएको छ । सरकारको कृषि नीति नै फेल छ । 

 

–    गल्फमा भारतबाट तरकारीहरु निर्यात हुन्छ । जहाजबाटै जाने हो । भारतले कृषि जन्यवस्तुमा एक केजीमा १ डलर मात्रै हवाईभाडा लाग्ने नियम बनाएको छ । नेपालबाट ३ डलर लाग्छ । भनेपछि हामी कसरी कृषिजन्य वस्तु निर्यात गर्न सक्छौं ? एक किसानले मसँग भनेका थिए कि हवाइ भाडा १ केजीको १ डलरमा झारिदिने हो भने म १२ अर्बको तरकारी गल्फ पुर्याउन सक्छु । यस्तो कुरामा मन्त्रीहरु नीति बनाउँदैनन् ।  ऊर्जामन्त्री मिटर काट्दै हिँड्ने, कृषिमन्त्री डिडिसीमा छापा मार्ने, कालीमाटीमा अनुगमन जाने । यस्ता झिल्केहरुले गर्नुपर्ने काम गर्दैनन् । अनावश्यक स्टन्ट गरेर नेपाली किसानलाई मारेका छन् । 

 

–    अर्थमन्त्रीको लक्ष्य यसपटक पूरा हुँदैन । अर्को वर्ष पनि पूरा हुने सम्भावना कम छ । ब्याज बढेर निजी क्षेत्रमा दबाब परेको छ । ९ प्रतिशत ब्याजबाट सुरु भएको योजना १४ प्रतिशतमा पुगेको छ । कसरी हुन्छ अर्थतन्त्रका सूचक सकारात्मक ? 

 

–    कम्युनिष्टहरुले पुँजीपतिलाई वर्ग दुश्मन बनाए । पुँजी हुने मान्छेलाई दानव बनाए । तर त्यही पुँजी सबैलाई चाहिएको छ । पुँजीपति समाप्त पार्नुपर्छ भन्ने मान्यता स्थापित गराइदिए । सोसियल ट्रेन्ड बन्यो । संसार मजदुरले हाँकेको हो । मजदुरले नै उत्पादन गर्छन् भनेर प्रचार गरियो । मजदुरले मात्रै उत्पादन गर्ने हो भने नेपालको उत्पादन किन बढेन ? किन नेपालका जनशक्ति गल्फ पुगे ? जवाफ के हो भने जता पुँजी छ, त्यतै मजदुर जाने हुन् । 
 

अरुणकुमार सुवेदी माथिल्लो तामाकोशी

विशेष