मुख्य समाचार

‘भ्रष्टाचारीको मुख हेर्दिनँ’ भन्थे तर कुममा कुम मिलाएर मञ्चमा भने बस्थे 

‘भ्रष्टाचारीको मुख हेर्दिनँ’ भन्थे तर कुममा कुम मिलाएर मञ्चमा भने बस्थे 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट र भ्रष्टाचारबारे निकै चोटिला वाक्यहरु बोलेका छन् । उनले ‘भ्रष्टाचारीको मुख पनि हेर्दिनँ’ ‘भ्रष्टहरु लुक्न सक्ने छैनन्’ ‘शुन्य सहनशीलता अपनाउछु’ ‘भ्रष्टाचार थाम्नै नसकिने गरी बढेको छ’ आदि । 

 

भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भन्ने प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको भिडियो हेरेर पनि चार महिनासम्म उनलाई अख्तियारमा बिराजमान भइरहेको कसरी हेर्न सके ? 

 

समाचारहरुमा आएअनुसार प्रधानमन्त्री ओली उपयुक्त समयको पर्र्खाइमा थिए । त्यो उपयुक्त समय चार महिनामा एकपटक पनि भेटन सकेनन् । जब भिडियोबारे सञ्चारमाध्यमहरुमा विषय छरपस्ट हुन थाल्यो, अनि महाभियोगको विषयअगाडि आएको छ । 

 

भ्रष्टलाई कारबाही गर्न अनुकुलता पर्खिने प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई पेलेरै ‘मार्सी चामले’हरुलाई खुसी पार्न चिकित्सा शिक्षा विधयेक संसदबाट पास गराएका थिए । 

 

एसिया प्यासिफिक सम्मेलनमा १ करोड रुपैयाँको सुशासन अवार्ड हात पारेका प्रधानमन्त्री ओलीले गत मंसिर २३ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आयुक्त राजनारायण पाठकसँगै एउटै मञ्चमा बसेर मनाएका थिए । ‘भ्रष्टको अनुहार पनि हेर्दिनँ’ भन्ने प्रधानमन्त्रीले त्यो बेला राजनारायणको कर्तुतको सबै भिडियो हेरिसकेका थिए । तर पनि प्रधानमन्त्री तिनै पाठकसँग कुममा कुम मिलाएर मञ्चमा बसे । (सायद अनुहार चाहिँ हेरेनन् कि !’) (  हेर्नुहोस् तस्बीरको दायाँ आयुक्त राजनारायण पाठक)

 

उनलाई आफू कस्ता मान्छेसँग बसेको छु भन्ने थाहा थियो । तर पनि उनले भाषण कडा ठोके । उनले भनेका थिए, ‘म भ्रष्टाचार गर्दिनँ । गर्न पनि दिन्नँ । भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता अपनाउछु ।’ 

 

प्रधानमन्त्रीले हालसालै भ्रष्टहरु लुक्न दिन गएको र लुक्न सम्भव पनि नभनेको बताएका थिए । उनको बोली र व्यवहारमा कतिसम्म आकास जमीनको फरक देखियो भने, भ्रष्टहरु लुक्नु पर्ने अवस्था नै आएन । किनभने अख्तियारमै बसेर भ्रष्टाचार गर्नेहरु उनीसँगै यसरी कुममा कुम मिलाएर बस्न पाउने भएपछि लुकिरहनै परेन । 
 

केपी शर्मा ओली अख्तियार दुरुपयोग अनुसन्धान आयोग

विशेष