सरकार ढाल्न झम्सिखेलमा प्रचण्डको बैठक चल्दै आएकाे छ (भिडियाेसहित)
काठमाडौं । बहुलराष्ट्रिय समाजवादी पार्टी नेपालका अध्यक्ष किशोरकुमार विश्वासले यो सरकार धेरै दिन नटिक्ने बताएका छन्। नेपालआजको सँगको कुराकानीका क्रममा उनले नेपाल कम्युनिस्ट पार्टीको एकीकरण प्रक्रियाले पूर्ण पनि नहुने र सरकार चार वर्ष पूरा पनि नगर्ने बताएका हुन् ।
उनले भने 'पार्टी एकीकरण हुँदेन। यो सरकारले चार वर्ष पूरा गर्दैन।' नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निकालेको भेनेजुयलासम्बन्धी विज्ञप्तिलाई उदाहरण दिँदै उनले सरकारलाई ढाल्न योजना पार्टीभित्र र बाहिरबाट सुरु भइसकेको विश्वास दिलाए। उनले भेनेजुयलामा जस्तै नेपालमा अन्तर्राष्ट्रिय प्रभाव र षड्यन्त्रमा भइरहेको पनि बताए।
सरकारले भष्टाचार अन्त्य गर्ने बताए पनि देश पहिलेभन्दा अहिले धेरै भ्रष्टाचार बढेको बताउँछन्। अनियमितता राज्यको सम्वेदनशिलता घटेको, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकामा र सुरक्षा अंगहरूका कामकारवाही सकारात्मक नदेखिएको पनि उनले औँल्याए। ३३ किलो सुनकाण्ड, निर्मला पन्तको हत्यारा पत्ता नलाग्नु, वाइडबडीको उदाहरण दिँदै उनले काले-काले मिल खाउँ भाले भने जस्तै नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामसुम पारेको बताए।
देशमा ब्युरोक्रेसीका कारण कुशासन बढेको उनको तर्क छ। सरकारले चाहेक कामहरू कर्मचारीतन्त्रको असहयोग र निश्क्रियाताका कारण पूरा हुन नसकेको उनको भनाइ छ। त्यस्तै पार्टीभित्रको क्यामेस्टी नमिलेको कारण पनि सरकारका धेरै कामकारवाही प्रभावित भएको उनको मूल्यांकन छ । 'माओवादी र एमाले मिलेर नेकपा बनेको छ। त्यसको केमेस्ट्रि मिलेको छैन । उनीहरूबीच नमिलेको क्यामेस्टीका कारण सरकारको तीव्रता रोकिएको छ ।'
पार्टीभित्र अन्तरद्वन्द्व पनि तीव्र रूपमा बढिरहेको औँल्याउँदै पार्टी धेरै दिन निटक्ने पनि बताए । उनले भने, 'पार्टी एकीकरणपछि प्राकृतिक, मनोवैज्ञानिक, वैचारिक, सांगठनिक, वैचारिक, सैद्धान्तिक र आत्मिक रूपमै पार्टी मिलेको छैन। देखावटी रूपमा नेपाल कम्युनिस्ट पार्टी बनाइएको हो यो लामो समय टिक्दैन ।' तत्कालीन एमालेबाट आएका र माओवादीबाट आएका केन्द्र, प्रदेश, स्थानीय तहका नेता कार्यकर्ताबीच देखिएको अन्तरविरोधले अप्राकृतिक गठबन्धन जस्तो देखिएको उनको भनाइ छ ।
नेपालको राजनीतिमा सरकार ढाल्ने अनौठो चलन रहेको भन्दै उनले नेकपाको एउटा गुट सरकार गिराउने खेलमा लागेको समेत खुलासा गरे। उनले भेनेजुयला प्रकरण त्यसै सेरोफेरोमा आएको भन्दै झम्सिखेलको बैठकपछि प्रचण्डको चुरिफुरी बढेको बताउँछन्। यसको नयाँ चर्चा सुरु भएको छ। 'प्रचण्ड, बामदेव, झलनाथ, खनाललगायतहरूले अब ओलीले धेरै प्रसहन गर्न थाल्यो गाइजात्रा गर्न थाल्यो' भन्दै सरकारलाई ढाल्न झम्सिखेलमा बैठक बसेको खुलासा गरेका हुन्।
सरकारले गरिबी हटाएको दाबी गरेता पनि वास्तविकतामा नेपालमा गरिबी नहटेको उनको भनाइ छ। नेपालबाट अवैध रुपमा अझै पनि नेपाली महिला वैदेशिक रोजगारी जाने प्रायस गरिएको समेत बताए। त्यस्तै उनले सरकार मालिकको पक्षमा छ किसानको पक्षमा नभएको टिप्पणी गरे। 'कृषकहरूले आफ्ना उत्पादनको उचित मूल्य पाएका छैनन्।'
किशोरकुमार विश्वास