मनोरञ्जन

प्रियंकाले बनाउँदै ओशोमाथि फिल्म, निभाउँदै माँ आनन्द शिलाको भूमिका

प्रियंकाले बनाउँदै ओशोमाथि फिल्म, निभाउँदै माँ आनन्द शिलाको भूमिका

भारती अभिनेत्री एवं चलचित्र निमाता प्रियंका चोपडाले दार्शनिक ओशोको जीवनमा आधारित भएर चलचित्र बनाउने भएकी छन् । प्रियंकाले अमेरिकी चर्चित टक शो द एलन डिजेनेरेस शोमा आफ्नो चलचित्र इजन्ट इट रोमान्टिकको प्रमोशनका क्रममा उनले उक्त कुराको खुलासा गरेकी हुन् ।

 

शोका क्रममा उनले आफ्नो आगामी फिल्मका बारेमा कुरा गर्दै उनले ‍ओशोका प्रिय शिष्य आनन्द शीलाको भूमिकामा देखिन लागेको बताइन्। आफ्नो नयाँ प्रोजेक्टका बारेमा उनले भनिन्, 'मैले बेरी लेविनसनसँग मिलेर एउटा फिचर बनाउँदै छु। उनी अमेरिकाका नामुद निर्देशक हुन्। उक्त फिचरको स्क्रिप्ट ओशोकी शिष्य आनन्द शीलाको जीवनलाई मध्यजनर गर्दै बनाइँदै छ।'

 

उनले आफ्नो आगामी फिल्मको पात्रको बारेमा खुलेर कुरा गरिन्। उनले आनन्द शीला भारतमा जन्मिएकी एक असाधारण महिला भन्दै प्रशंसा गरिन्। आनन्द शीला ओशोको नजिक रहेर अमेरिकामा एकप्रकारको प्रभाव निर्माण गरेको पनि उनले बताइन्। उनले नयाँ फिल्ममा अभिनयका साथै प्रोडक्सन पनि गर्ने बताइकी छन्।

 

यो प्रोजेक्टबाहेक प्रियंकाले बायोपिक फिल्म द स्काइ इज पिंकमा पनि काम गरिरहेकी छन्। यो फिल्म मोटिवेशनल स्पिकर आयशा चौधरीको जीवनीमा आधारीत रहेको बताइएको छ। आयशाको बिरामीका कारण १८ वर्षको उमेरमै निधन भएको थियो । उक्त फिल्ममा प्रियंकासँगै फरहान अख्तर र जायरा वसिमको पनि मुख्य भूमिका रहेको छ।

 

दंगल फेम जायरा यस फिल्ममा आयशाको भूमिका निभाइरहेको भारतीय सञ्चारमाध्यमले स्रोतको हवाला दिँदै लेखेका छन्। लामो समयपछि पियंका हिन्दी फिल्ममा देखिन लागेकी हुन्।

प्रियंका चोपडा आनन्द शिला

विशेष