खेल

बंगलादेशले दियो न्यूजिल्याण्डलाई २२७ रनको लक्ष्य

बंगलादेशले दियो न्यूजिल्याण्डलाई २२७ रनको लक्ष्य

काठमाडौं । न्यूजिल्याण्ड विरुद्धको एकदिसीय सिरिज अन्तर्गत दोस्रो खेलमा बंगलादेशले २२७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएकाे बंगलादेशले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २२६ रन मात्र बनाउन सक्यो ।

 

उसका लागि मोहम्मद मिथुनले सर्बाधिक ५७, सब्बीर रहमानले ४३, मुस्फीकुर रहमानले २४, सौम्य सरकारले २२, मेहदी असन मिराजले १६, फुसरुफे मुर्तुजाले १३ र मोहम्मद सबैफउद्दिनले १० रन प्रहार गरे । अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । 

 

बलिङमा न्यूजिल्याण्डका लोक्की फर्कुसनले ३, टुड अस्टेल, जेम्स निशमले २-२, म्याट हेनरी, ट्रेन्ट बोल्ट, कोलिन र डी ग्रेण्डहोम  एक-एक विकेट लिए । सिरिजको पहिलो खेल न्यूजिल्याण्डले ८ विकेटले जितेको थियो । यदि आजको खेल पनि न्यूजिल्याण्डले जितेमा उसले सिरिज आफ्नो नाममा बनाउने छ । 

न्यूजिल्याण्ड भर्सेस बंगलादेश एकदिसीय सिरिज

विशेष