खेल

डीपीएलमा वर्षा बाधक, आजका खेल ढिला शुरु हुने

डीपीएलमा वर्षा बाधक, आजका खेल ढिला शुरु हुने

कैलाली । धनगढीको फाफ्ला क्रिकेट मैदानमा भइरहेको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत आजको खेल वर्षाकाकारण  निर्धारित समयमै शुरु नहुने सम्भावना बढेको छ । लगातारको बर्षाले गर्दा आजको खेल निर्धारित समयमै शुरु नहुने सम्भावना बढेको हो । यद्यपि, आज भने धनगढीमा वर्षा भइरहेको छैन ।

 

खेल तालिका अनुसार आज विहान ९ बजे विराटनगर किंग्स र काठमाडौँ गोल्डेन्सबीचको खेल हुनुपर्ने हो। निर्धारित समयमा खेल हुने सम्भावना नभएपछि केहि ढिलो भने खेल हुनसक्ने आयोजकले जनाएको छ। आयोजकका अनुसार खेल मैदानको विषयमा छलफल भएपछि मात्रै खेल हुने-नहुने विषयमा टुंगो लाग्ने छ ।

धनगढी प्रिमियर लिग धनगढी

विशेष