फ्यानले हजार्डलाई अंगालो हालेपछि चेल्सीलाई कारवाही

एजेन्सी । मैदानमैै छिरेर फ्यानले एडन हजार्डलाई अंगालो हालेपछि युएएफपिएले चेल्सीलाई कारवाही गरेको छ। माल्मोविरूद्धको खेलमा मैदान छिरेका ती समर्थकले हजार्डले आफ्नो जर्सी दिएपछिमात्र उनलाई छाडेका थिए।
युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफपिएले चेल्सी विरूद्ध फ्यानबाट घुसपैठ भएको र सामानहरू फालिएको आरोप तय गरेको छ। यस्तै चेल्सीसँगै स्विडिस टोली मालमोका विरूद्ध पनि उसका प्रशंसकहरूले सामानहरू फालेको तथा आतिसबाजी गरेकोमा कारवाही गर्ने भएको छ। युइएफपिएको अनुशासन बोर्डले यस बारेमा २८ मार्चमा निर्णय गर्नेछ।
चेल्सी एडन हजार्ड