खेल

ओडिआई सिरिजः गुप्टिलको अर्को शानदार शतक, न्यूजिल्याण्ड जीत नजिक

ओडिआई सिरिजः गुप्टिलको अर्को शानदार शतक, न्यूजिल्याण्ड जीत नजिक

काठमाडौं । बंगलादेश विरुद्धको एकविदसीय सिरिजको दोस्रो खेलमा पनि न्यूजिल्याण्डका ओपनर पार्टिन गुप्टिलले शतक प्रहार गरेका छन् । आज उनले ४ छक्का र १४ चौकाको मद्दतमा ११८ रन बनाए । पहिलो खेलमा गुप्टिलले नटआउट ११७ रन प्रहार गरेका थिए । 


आज टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २२६ रन बनायो । २२७ रनको लक्ष्य पछ्याइरहेको न्यूजिल्याडले यो समाचार तयार पार्दासम्म २९.३ ओभरमा २ विकेट गुमाउँदै १९३ रन बनाएको छ । 

 

एकविदसीय सिरिज पार्टिन गुप्टिल

विशेष