मनोरञ्जन स्वास्थ्य

सनी लियोनीको 'हट फिगर'को रहस्य

सनी लियोनीको 'हट फिगर'को रहस्य

एजेन्सी । बलिउड अभिनेत्री सनी लियोनी पर्दा एकदमै हट र ग्ल्यामर देखिन्छन्। तर पर्दामा यस्तो सुन्दरता देखिनु सामान्य कुरा भने होइन्। यसको पछाडि लाग्छ कडा मेहनत, जुन स्टारहरूले जिममा गर्छन्। उनीहरू जस्तै सनी पनि हुन्। उनी दैनिक वर्कआउट र डाइट फलो गरेर आफूलाई फिट राख्छिन्।

 

फिल्म र आफ्ना अन्य कामको व्यस्त स्याडुलका बाबजुद उनी जिम जान भुल्दिनन्। उनी हप्तामा कम्तिमा पनि तीन दिन जिम जान्छिन्। जिममा पसिना बगाउनुबाहेक सनी योगा पनि गर्छिन्। हेल्थ तथा फिट्नेस म्याग्जिनहरूलाई बताएअनुसार सनीको डेली रुटिनमा मर्निङ वाक पनि समावेस छ। उनी बिहान २० देखि ३० मिनेटसम्म वाक गर्छिन्। त्यस्तै उनलाई योगा गर्न पनि रुचाउँछिन्। उनका अनुसार दैनिक योगा गर्दा शरीरिक थकान हराउँछ र मनमा शान्ति पनि मिल्छ।

 

सनीले आफ्नो खानालाई विशेष ख्याल राख्छिन्। उनले आफ्नो खानामा एन्टिअक्सिडेन्ट सधैँ सामेल गर्छिन्। उनले भर्पूरमात्रामा प्रोटिन पनि लिन्छिन्। यसबाहेक उनलाई ब्ल्याक कफि पनि एकदमै मन पर्छ। उनले आफ्नो डाइटमा दूध र सागपात सामेल गर्छिन्। शरीरलाई फिट राख्नका लागि आफ्नो डाइटका साथै योगा र एक्सरसाइजलाई पनि आफ्नो रुटिन बनाउँदा राम्रो हुने सनीको सुझाव छ।

सनी लियोनी स्वास्थ्य

विशेष