खेल

एकदिवसीय सिरिजः दोस्रो खेलमा पनि न्यूजिल्याण्ड विजयी

एकदिवसीय सिरिजः दोस्रो खेलमा पनि न्यूजिल्याण्ड विजयी

काठमाडौं । बंगलादेश विरुद्धको एकविदसीय सिरिजको दोस्रो खेल पनि न्यूजिल्याण्डले ८ विकेटले जितेको छ । आजको जीतसँगै न्यूजिल्याण्डले एक खेल अगावै सिरिज आफ्नो नाममा बनाउन सफल भयो । दोस्रो खेलमा बंगलादेशले दिएको २२७ रनको लक्ष्य न्यूजिल्याण्डले ३५ ओभरमा पूरा गर्यो । उसका लागि ओपनर पार्टिन गुप्टिलले आज पनि शानदार प्रदर्शन गरे । उनले आज ११८ रन प्रहार गरे । बंगलादेश विरुद्धको सिरिजमा गुप्टिलको यो लगातार दोस्रो शतक हो । उनले आज ८८ बलमा ११८ रन बनाए । पहिलो खेलमा उनले अविजित ११७ रन प्रहार गरेका थिए । 

 

यस्तै, आज कप्तान केन विलियम्सन (नट आउट) ले ६५, रोस टेलर (नट आउट) ले २१ र हेरी निकोलसले १४ रन बनाए । बलिङमा बंगलादेशका मुस्तफिजुर रहमानले दुई विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २२६ रन बनायो ।  उसका लागि मोहम्मद मिथुनले सर्बाधिक ५७, सब्बीर रहमानले ४३, मुस्फीकुर रहमानले २४, सौम्य सरकारले २२, मेहदी असन मिराजले १६, फुसरुफे मुर्तुजाले १३ र मोहम्मद सबैफउद्दिनले १० रन प्रहार गरे । अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । 

 

बलिङमा न्यूजिल्याण्डका लोक्की फर्कुसनले ३, टुड अस्टेल, जेम्स निशमले २-२, म्याट हेनरी, ट्रेन्ट बोल्ट, कोलिन र डी ग्रेण्डहोम  एक-एक विकेट लिए । सिरिजको पहिलो खेल न्यूजिल्याण्डले ८ विकेटले जितेको थियो ।  


  

न्यूजिल्याण्ड भर्सेस बंगलादेश एकदिवसीय सिरिज

विशेष