मनोरञ्जन

के आमिरले अब निर्देशन गर्लान् ? 

के आमिरले अब निर्देशन गर्लान् ? 

एजेन्सी । बलिउड अभिनेता आमिर खानले निर्देशनमा गर्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निर्माता गुलशन कुमारको बायोपिक ‘मोगुल’ यसै वर्ष फ्लोरमा जानुपर्ने थियो । तर निर्देशक सुवास कपूरका कारण फिल्मको काम अड्किएको छ । आमिर यस प्रोजेक्टलाई निर्माण गर्नेवाला थिए । जब सुवासको नाम ‘मिटु’ मामिलामा आयो, आमिरले यस प्रोजेक्टबाट आफूलाई टाढा राखे । 

 

यतिबेला निर्माता भूषण कुमार फिल्ममा आमिरलाई फिर्ता ल्याउने तयारीमा छन् । फिल्मलाई निर्माण गर्नेमात्र नभएर निर्देशन गर्नको लागि पनि उनले आमिरलाई लबिङ गरिरहेकोबारे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

 

स्रोतले जनाएअनुसार भूषण चाँडो भन्दा चाँडो यस प्रोजेक्टलाई सुरू गर्न चाहन्छन् र आमिरलाई पूनः फिर्ता ल्याउन पनि । फिल्मको निर्देशकीय पाटो पनि आमिरलाई सुम्पिने तयारी हुँदै छ । आमिरले यसको स्वीकार गर्छन् या गर्दैनन् भन्ने कुरा भने स्पष्ट छैन । 

 

आमिर खानले आध्यात्मिक गुरू ओशोको जीवनकथामा आधारित बन्न लागेको फिल्ममा ओशोको भूमिका निभाउने चर्चा पनि थियो । उक्त फिल्मलाई सिरिजको रूपमा प्रस्तुत गरेर केही अन्तराष्ट्रिय च्यानलमा स्ट्रिम गर्ने भनिएको थियो । सुरूमा आमिरले यसमा कुुनै पनि रूची देखाएनन् । तर अहिले भन्ने उनी यस फिल्ममा काम गर्न इच्छुक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

 

हालै आमिरले एक अन्तर्वार्तामा निर्देशक सकुन बत्रासँग ओशो बायोपिकको बारेमा कुराकानी गरेका थिए । त्यसपछि भने काम अघि बढेन । आमिरले यसलाई हाई स्केलमा बनाउन चाहेकाले प्रोजेक्टलाई अत्याधिक बजेट लाग्ने भयो । तर यसका निर्माता भने त्यत्ति ठूलो रकम खर्च गर्न चाहँदैनन् । 
 

आमिर खान

विशेष