कभर स्टोरी

युवा संघको धम्कीपछि डराए पशुपति, ‘लुटन सके लुट कान्छा’ हट्यो युट्युबबाट(युवा संघको उर्दीपत्रसहित)

स्वर्ग जस्ताे देशमा यमराजकाे शासन

युवा संघको धम्कीपछि डराए पशुपति, ‘लुटन सके लुट कान्छा’ हट्यो युट्युबबाट(युवा संघको उर्दीपत्रसहित)

काठमाडौं । गायक पशुपति शर्माले भर्खरै बजारमा ल्याएरको व्यांग्यात्मक गीतलाई आधिकारिक युट्युब च्यानलबाट हटाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली सरकार शून्य सहनशीलतालाई लिएर अगाडि बढिरहेको बताइरहेका बेला गायक शर्माले नेपालमा भष्टाचार तीव्र रुपमा बढिरहेको र लुट्ने ले जति पनि लुट्न सक्ने भावको व्यांग्यात्मक गीत सार्वजनिक गरेपछि उक्त गीतले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र खैलाबैला मच्चाएको थियो।

 

गीतमा शर्माले प्रधानमन्त्री, राष्ट्रपति विद्यादेवी भण्डारीप्रति नै कडा व्यांग्य गरेपछि नेकपाको भ्रातृ संगठनले आपत्ति जनाउँदै उक्त गीतलाई हटाउन गायक शर्मालाई धम्की दिएको थियो। युवा संघको धम्किपछि गायक शर्माले उक्त गीतलाई आफ्नो आधिकारिक च्यानलबाट हटाएका छन्।

गीतमा काम केही नगरेको, ठूला ठूला भाषण मात्रै गरेको, देशमा यमराजको शासन चलेको जस्ता शब्द प्रयोग गरिएपछि युवा संघले शनिबार बेलुका एक विज्ञप्ति निकाल्दै आपति जनाएको थियो।

 

विज्ञप्तिमा युवा संघले गायक शर्माका कार्यक्रमहरू सशक्त बहिष्कार  गर्न र गराउन युवालाई आह्वान समेत गरेको थियो। गायक शर्मा व्यावसायिक कलकारका प्रस्तुतिमा योजनाबद्ध हिसाबले कम्युनिस्ट पार्टीलाई खुइल्याउनदै चुनावी गीत जस्तो गरी कांग्रेको पक्षपोषण गरेको युवा संघले आरोप लगाएको थिए। 'पशुपतिजीलाई हेक्का होस, आफ्नो हैसियतको !! अनि हाम्रा कार्यकर्ताको हैसियत, योग्यता, क्षमता हेर्ने र बुझ्ने आफ्नो क्षमता बृद्धी गरेर आउँदा हुन्छ l हरेक क्षेत्रमा अब्बलता पुष्टि गर्न तयार छन् उनीहरु' युवा संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

ओली सरकारले वर्ष दिन पूरा गरेको सेरोफेरमा गायक शर्माको सरकारप्रति तीव्र व्यांग्यसहितको ‘लुट्न सके लुट नेपालमै हो छुट’ आएको हो। गीतमा सरकारका काम कार्वाही, साढे ३३ किलो सुन र सनम शाक्य हत्या,  राष्ट्रपति भण्डारीका लागि भनेर किन्न लागिएको हेलिकोप्टर, वाइडबडी काण्डलगायतका समससामिक विषयमाथि कडा व्यांग्य गरेका छ। उनले गीतको सुरुवातमै भनेका भन्, ‘पञ्चायत सुनेँ, बहुदल र गणतन्त्र भोगेँ, तर देश र जनताको निःस्वार्थ रुपले माया गर्ने न त नेता भेटे नत अरु कोही ‘त्यसैले भन्न मन लाग्यो लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट ।’

 

युवा संघ पशुपति शर्मा

विशेष