बिबिएलको फाइनलमा सन्दीपको कसिलो बलिङ, तर विकेटविहीन
काठमाडौं । अस्ट्रेलियाको बिग बास लिग (बिबिएल)को फाइनलमा नेपाली लेगस्पिनर सन्दीप लमिछाने आवद्ध टोली मेलबर्न स्टार्सले अहिले मेलबर्न रेगेनेट्सँग प्रतिस्पर्धा गरिरहेको छ । फाइनल खेलमा सन्दीपले कुनै विकेटविहीन रहे पनि निकै कसिलो बलिङ गरेका छन् ।
डुकल्यान्ड रंगशालामा भएको खेलमा चार ओभर बलिङ गर्न पाएका सन्दीपले १६ रन मात्रै खर्चेका छन् । खेलको सातौं ओरभमा बलिङ गर्ने अवसर पाएका सन्दीपले आफ्नो पहिलो ओभरमा २ रन मात्रै खर्चे । दोस्रो ओभर पनि कसिलो बलिङ गरेका उनले ५ रन खर्चे भने तेस्रो ओभरमा पनि कसिलो बलिङ गरे । लामिछानेले आफ्नो तेस्रो ओभरमा ३ रनमात्रै खर्चे । त्यस्तै, व्यक्तिगत चौथो ओभरमा पनि सन्दीपले विकेट लिने प्रयास गरे पनि विकेट लिन सकेनन् । तर, ६ रन मात्रै खर्चेका थिए । बलिङ कसिलो गरे पनि सन्दीप विकेटविहीन रहे ।
योसँगै सन्दीपको बीबीएलमा ८ खेल खेल्दै १९५ रन खर्चेर ११ विकेट लिएका छन् । जारी खेलको ताजा अवस्थामा मेलबर्न रेनेगेड्सले १६ ओभर खेल्दै ५ विकेट गुमाएर १०२ रन बनाएको छ । मेर्लबन स्टार्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
आइपीएलपछि लगातार ठूला विदेशी लिगमा व्यस्त रहेका सन्दीपले पहिलो पटक फाइलन खेल्ने अवसर पाएका हुन् । यसपछि उनी पाकिस्तानी सुपर लिग खेल्न जानेछन् । पाकिस्तानी सुपर लिग यूएइमा गत बिहीबार देखि सुरु भइसकेको छ । सन्दीपलाई लिएको टिम लाहोर क्वालान्डर्सले दुई खेल खेलिसकेको छ ।
सन्दीप बिग बास लिगका चार खेल खेली बङ्गलादेश प्रिमियर लिग खेल्न बंगलादेश गएका थिए । त्यसपछि नेपाल र यूएईबीचको एकदिवसीय र टीट्वीन्टी श्रृंखला खेली सन्दीप उतैबाट बिगबास लिग खेल्न गएका हुन् ।
सन्दीप लामिछाने बिग ब्यासमा