खेल

पाकिस्तान सुपर लिगः सन्दीप आवद्ध लाहोरको लज्जास्पद हार

पाकिस्तान सुपर लिगः सन्दीप आवद्ध लाहोरको लज्जास्पद हार

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसल) मा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध लाहोर क्वालान्दर्स तेस्रो खेलमा ७ विकेटले पराजित भएको छ । आइतबार राति दुबईमा भएको खेलमा पेशावर जाल्मीसँग लाहोर ७ विकेटले पराजित भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको लाहोरले शुरुवातदेखि नै खराब प्रदर्शन गर्यो । उसले १४ रन बनाउँदा २ विकेट गुमाइसकेको थियो । 

 

विकेट पतन नरोकिएपछि लाहोरले १५.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७८ रन बनायो । उसका लागि एन्टोन डेभिचले १८, कप्तान एबी डि विलियर्सले १४ र अघा सलमानले १३ रन जोड्नुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकसमेत बनाउन सकेनन् । लाहोरलाई कम रनमै समेट्न पेशावरका असन अलि घातक भए । उनले ४ ओभरमा १५ खर्चिदै ४ विकेट लिए ।

 

७९ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको पेशावरले १०.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि उमार अमिनले सर्बाधिक नट आउट ६१ रन प्रहार गरे । सन्दीप पनि लाहोरमा आवद्ध छन् । तर, अष्ट्रेलियामा भएको बिग ब्यास लिग (बीबीएल) का कारण उनले पीएसलका शुरुवाती तीन खेल गुमाएका छन् । आज (साेमबार) मात्रै उनी पाकिस्तान सुपर लिग (पीएसल) खेल्न दुबई जाँदैछन् । 

पाकिस्तान सुपर लिग सन्दीप लामिछाने पेशावर जाल्मी लाहोर क्वालान्दर्स

विशेष