धनगढी प्रिमियर लिगः रुपन्देही र धनगढी खेल्दै (लाइभ)

काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत आजको पहिलो खेलमा रुपन्देही च्यालेन्सर्स र धनगढी स्टार्स भिडिरहेको छन् । रुपन्देहीले टस जितेर ब्याटिङ गरिरहेको छ । मैदान ओसिलो भएका कारण आज खेल निर्धारित समयमा शुरु हुन सकेन । ९ बजेदेखि हुने खेल ढिला गरि शुरु भएकाले १५ ओभरमा झारिएको छ ।
लगातारको हारले लिगबाट बाहिरिएको दुई पटकको विजेता धनगढी आज पहिलो जितको खोजिमा छ । यस्तै, लगातारको दोस्रो हारले निराश भएको रुपन्देही पनि जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रेको छ । धनगढीमा सोमपाल कामी कप्तान छन् भने रुपन्देहीमा बसन्त रेग्मी ।
धनगढी प्रिमियर लिग रुपन्देही च्यालेन्सर्स र धनगढी स्टार्स