खेल

विश्वकप क्रिकेटः पाकिस्तानसँगको खेल बहिष्कार गर्न भारतलाई आग्रह

विश्वकप क्रिकेटः पाकिस्तानसँगको खेल बहिष्कार गर्न भारतलाई आग्रह

एजेन्सी । आगामी जुनमा भइरहेको विश्वकप क्रिकेटमा पाकिस्तानसँगको खेल बहिष्कार गर्न भारतीय क्रिकेट प्रशंसक र मुम्बई क्रिकेटका केही अधिकारीले भारतलाई आग्रह गरेका छन् । गत बिहीबार कश्मीरको पुलवामामा ४४ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि अधिकारीले भारतलाई यस्तो आग्रह गरेका हुन् । भाररत–पाकिस्तानबीच सम्बन्ध चिसिएसँगै त्यसको असरक्रिकेटमा पनि देखिएको छ । 

 

भारत र पाकिस्तानले सन् २०१३ देखि यता द्विपक्षीय सिरिज खेलेका छैनन् । तर न्युट्रल भेन्यूमा भने सन् २०१७ को च्याम्पियन्स ट्रफी र सन् २०१८ को एसिया कपमा भने भारत र पाकिस्तानले एक अर्कासँग खेलेका छन् ।इंग्ल्याण्ड र वेल्समा हुने आउँदो विश्वकपमा भारत र पाकिस्तानबीचको खेल जुन १६ मा हुने तालिका छ । दुई देशबीचको खेल म्यानचेस्टरमा हुनेछ ।

 

भारतीय क्रिकेट क्लब (सीसीआई) का सचिव सुरेश बाफ्ना भन्छन्, ‘हाम्रा सीआरपीएफ जवानमाथि भएको आक्रमणको हामी निन्दा गर्छौँ । मूलतः सीसीआई एउटा खेलकुदसम्बन्धी संस्था भए पनि खेलभन्दा पहिले देशनै आउँछ ।’ बाफ्नाले आफूहरुले पाकिस्तानसँगको विश्वकप क्रिकेट बहिष्कार गर्न आग्रह गरेको पनि बताएका छन् । तर भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले भने यसबारेमा केही प्रतिक्रिया दिएको छैन । 
 

विश्वकप क्रिकेट भारत भर्सेस पाकिस्तान

विशेष