खेल

टी–२० विश्वकप छनोटः नेपाल टस जितेर ब्याटिङ गर्दै 

टी–२० विश्वकप छनोटः नेपाल टस जितेर ब्याटिङ गर्दै 

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आइसीसी महिला विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्र छनोटमा मलेसियाविरुद्ध नेपालले टस जितेर  ब्याटिङ गरिरहेकाे छ । नेपालले यो समाचार तयार पार्दासम्म ११ ओभरको खेल सकिदा एक विकेट गुमाउँदै ६४ रन जोडेको छ । दुई साताको अभ्यासपछि थाइल्याण्ड पुगेको नेपाल पहिलो खेलमा सुखद नतिजा निकाल्ने रणनीतिसहित मलेसियासँग खेलिरहेको हो । छनोटको तयारी स्वरुप गत महिना थाइल्याण्डमा भएको ट्वान्टी–२० स्म्यासमा उपविजेता बनेको नेपाल त्यति बेलाको कमजोरीलाई सुधार्दै छनोट हुने लक्ष्यमा छ ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रशिक्षणका समय महिला टोली कमजोर पक्षलाई सुधार्नेमा केन्द्रित भएको थियो । थाइल्याण्ड जानुअघि टोलीकी कप्तान रुविना क्षेत्रीले तयारी राम्रो रहेकाले छनोट भएर फर्किने आशा व्यक्त गरेकी थिइन् । उनले फिटनेससँगै स्म्यासमा भएका कमजोरीबाट पाठ सिकेर टोली जितका लागि तयारी अवस्थामा रहेको बताइएकी थिइन् ।  

 

राष्ट्रिय महिला टोलीका प्रशिक्षक विनोद दासले छोटो अवधिमा टोलीले राम्रो अभ्यास गरेको र  सकारात्मक नतिजामा आउनेमा आफु आशावादी रहेको बताएका थिए । ६ टोली सहभागि छनोटको दोस्रो खेल नेपालले फागुन ९ गते थाइल्यान्डसँग खेल्नेछ । त्यसपछि फागुन १० गते संयुक्त अरब इमिरेट्स (यूएई), फागुन १२ गते हङकङ र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविनका आधारमा हुने छनोटको शीर्ष स्थानमा रहने टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । 

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली टी–२० विश्वकप छनोट

विशेष