खेल

टी–२० विश्वकप छनोटः नेपाललाई दोस्रो सफलता

टी–२० विश्वकप छनोटः नेपाललाई दोस्रो सफलता

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले दिएको १२७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले दोस्रो विकेट गुमाएको छ । उसले दोस्रो विकेटका रुपमा साइओ टीजनयीलाई गुमाएको हो । उनी रन आउट भइन् ।

 

यसअघि, नेपालकी कविता कुँवरले आफ्नो पहिलो ओभरकै पहिलो बलमा मेलेसियाकी यसीरिना याकुपलाई ५ रनमा आउट गरेकी थिइन् । नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२६ रन बनायो ।

 

नेपालका लागि सीताराना मगरले ४२, कप्तान रुविना क्षेत्रीले नट आउट २४, काजल श्रेष्ठले १६, इन्दु बर्माले १३, नारी थापाले ६, ममता चौधरीले ०,  र सरिता मगर (नट आउट) ले १ रन बनाइन् । बलिङमा बलेसियाका जुमिका अज्मी, ससा अज्मी र विनिफ्रेड दुराइसिंगमले एकएक विकेट लिइन् । नेपालका दुई खेलाडी एकै ओभरमा रन आउटको शिकार भए । 

 

दुई साताको अभ्यासपछि थाइल्याण्ड पुगेको नेपाल पहिलो खेलमा सुखद नतिजा निकाल्ने रणनीतिसहित मलेसियासँग खेलिरहेको हो । छनोटको तयारी स्वरुप गत महिना थाइल्याण्डमा भएको ट्वान्टी–२० स्म्यासमा उपविजेता बनेको नेपाल त्यति बेलाको कमजोरीलाई सुधार्दै छनोट हुने लक्ष्यमा छ ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रशिक्षणका समय महिला टोली कमजोर पक्षलाई सुधार्नेमा केन्द्रित भएको थियो । थाइल्याण्ड जानुअघि टोलीकी कप्तान रुविना क्षेत्रीले तयारी राम्रो रहेकाले छनोट भएर फर्किने आशा व्यक्त गरेकी थिइन् । उनले फिटनेससँगै स्म्यासमा भएका कमजोरीबाट पाठ सिकेर टोली जितका लागि तयारी अवस्थामा रहेको बताइएकी थिइन् ।  

 

राष्ट्रिय महिला टोलीका प्रशिक्षक विनोद दासले छोटो अवधिमा टोलीले राम्रो अभ्यास गरेको र  सकारात्मक नतिजामा आउनेमा आफु आशावादी रहेको बताएका थिए । ६ टोली सहभागि छनोटको दोस्रो खेल नेपालले फागुन ९ गते थाइल्यान्डसँग खेल्नेछ । त्यसपछि फागुन १० गते संयुक्त अरब इमिरेट्स (यूएई), फागुन १२ गते हङकङ र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविनका आधारमा हुने छनोटको शीर्ष स्थानमा रहने टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । 

महिला टी–२० विश्वकप नेपाल भर्सेस नेपाल

विशेष