आइसिसी महिला टी–२० : मलेसियाविरुद्ध नेपालको शान्दार जित
आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाललले मलेसियालाई ३४ रनले हराउँदै शान्दार जित सुरुवात गरेको छ। नेपालले दिएको १२७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सक्यो । उसका लागि क्रिस्टिना बरेटले सर्वाधिक २१ रन बनाइन् ।
बलिङमा नेपालकी करुणा भण्डारी, सरिता मगरले दुई–दुई, कविता कुँवर, सीता रानामगर र सरीता मगरले एकएक विकेट लिए । यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १२६ रन बनायो ।
नेपालका लागि सीता रानामगरले ४२, कप्तान रुविना क्षेत्रीले नट आउट २४, काजल श्रेष्ठले १६, इन्दु बर्माले १३, नारी थापाले ६, ममता चौधरीले ०, र सरिता मगर (नट आउट) ले १ रन बनाए । बलिङमा बलेसियाका जुमिका अज्मी, ससा अज्मी र विनिफ्रेड दुराइसिंगमले एकएक विकेट लिए । नेपालका दुई खेलाडी एकै ओभरमा रन आउट भए। छनोटको तयारी स्वरूप गत महिना थाइल्याण्डमा भएको ट्वान्टी–२० स्म्यासमा उपविजेता बनेको नेपाल त्यति बेलाको कमजोरीलाई सुधार्दै छनोट हुने लक्ष्यमा छ ।
क्रिकेट आइसिसी महिला टी–२०