फिल्म रणवीरमा यसरी डुबाए निर्देशकले निर्मातालाई, यो देखेर त कसैले फिल्म नबनाओस्
काठमाडौं । सबै निर्देशक निर्मल शर्मा ‘गैंडा’ जस्ता इमान्दार कहाँ हुन्छन् र ? एकातिर निर्मातालाई मुर्गा बनाएर चुस्ने र आफू मोटाउने निर्देशकहरुको संख्या थपिदै छ, अर्कोतिर फिल्म बनाएर लगानी डुबाउने र टाउको समाउने निर्माताको संख्या पनि थपिएको थपियै छ । यही भीडमा थपिएकी छन् गोमा विष्ट ।
चुलोचौकाबाट उठेर महिला सिने नगरीमा आउन त राम्रो कुरा भयो । तर, त्यस्ता निर्मातालाई पुरुष निर्देशशकले निमोठ्ने क्रम बढ्दो छ । फिल्म रणवीरकी निर्मात्री हुन् गोमा । निर्देशक गोविन्दसिंह भण्डारी थिए । शुरुमा गोविन्दले गोमाहरुसँग ८० लाखमा फिल्म बनाउने वचन दिएका थिए । तर, बनिसक्दा डेढ करोड नाघ्यो । ५० दिनमा सकिने भनिएको छायाँकनको काम सय दिन बढी लागेपछि बजेट पनि बढ्ने नै भयो । जब फिल्म हलमा पुग्यो, एकैपटक तीन फिल्म जुधे । मनोज गुजुरेलको डेब्यु सय कडा दश, दीपेन्द्र लामाको गोपी र गोमाको रणवीर ।
त्यही कारण गोमाको बक्स अफिस रिपोर्ट नाजुक देखियो । अहिले गोमा टाउकोमा हात राखेर गोविन्दहरुलाई सराप्दै छिन् ।
जनआस्था साप्ताहिकबाट ।