मनोरञ्जन कला साहित्य साहित्य आज

हास्य टेलिश्रंखला ‘उल्टो सुल्टो’ को ५२ औं भाग पूरा

हास्य टेलिश्रंखला ‘उल्टो सुल्टो’ को ५२ औं भाग पूरा

काठमाडौं । मिडिया हबको प्रस्तुती रहेको हास्य टेलिश्रंखला ‘उल्टो सुल्टो’ ले ५२ औं भाग पूरा गरेको उपलक्ष्यमा कलाकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 

 

भेटघाट कार्यक्रममा टेलिफिल्मका कलाकारसँगै मिडिया हब टिम र अन्य कलाकारको पनि उपस्थिती रहेको थियो । टेलिफिल्मका निर्देशकसमेत रहेका कलाकार रबि डंगोलले अहिलेसम्मको यात्रा सुखद रहेको बताए । दर्शक तथा मिडिया हबलाई धन्यवाद दिँदै उनले यस टेलिफिल्ममा पुराना कलाकारलाई भन्दा  पनि नयाँ कलाकारलाई अवसर दिने काम भएको जानकारी गराए । 

धेरै टेलिफिल्म बनिरहेको समयमा यस टेलिफिल्मलाई फरक बनाउने प्रयास भएको बताउँदै डंगोलले भने, ‘आधा घण्टा टेलिफिल्म हेर्दा बोर नहोस् भनेर काम गरिरहेका छौं ।’ 

 

कार्यक्रममा टेलिफिल्मका कलाकार काली(अनुुजा अधिकारी) तथा पल्पसा डंंगोलले रविको खुुलेर तारिफ गरे । रविको आत्मीय स्वभाव र समय व्यवस्थापन गराइदिने शैलीबाट उनीहरू दंग छन् । 

विशेष