कभर स्टोरी

ओली र प्रचण्ड दुवै नेता अद्भूत क्षमताका धनी  

कर्णाली प्रदेश सरकारको विकास खर्च शून्य    

ओली र प्रचण्ड दुवै नेता अद्भूत क्षमताका धनी  

 
अहिले चर्चा छ सत्तारुढ दल नेकपा फुटको संघारमा छ । हुनपनि पार्टी एकताका बाँकी काम टुंगिन सकेका छैनन् भने केन्द्रीय सचिवालयमै नेताहरुबीच मनमुटाव छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचमै केही समययता देखिएको मतान्तर सार्वजनिकरुपमै प्रकट भैरहेको छ । 

 


सरकारले एक बर्षपनि बितायो । स्थानीय सरकार आएको दुई बर्ष हुन लागेको छ भने प्रदेश र केन्द्र सरकारले एक बर्ष पूरा गरेका छन् । तीनवटै तहका सरकारका कामप्रति जनता सन्तुष्ट हुन सकेका छैनन् भने उनीहरु पनि आन्तरिक विवादमा फसेका छन् । 

 


सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य एवम कर्णाली प्रदेश नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाफजंग शाहका अनुसार पार्टी सशक्त ढंगले अघि बढेको छ । सरकार र पार्टीका नेताहरुलाई कमजोर देखाएर केही भित्री र केही बाहिरी तत्वले गणतान्त्रिक व्यवस्थामाथि नै चुनौती दिन खोजेपनि त्यो सफल नहुने उनको भनाइ छ । शाह भन्छन्, ‘ओली र प्रचण्डमा नेतृत्वको अद्भूत क्षमता छ । आपसी समन्वयमा उहाँहरुले मुलुकलाई समृद्धिमा पक्कै लैजानु हुन्छ । ’

 


केन्द्रको अशर जिल्लामा


जुन गतिमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको थियो, त्यही भावना अनुसार एकताका बाँकी काम नटुंगिदा भने शाह निराश छन् । माथिल्लोस्तरमा नेताहरुबीच एकताको समझदारी बन्न नसक्दा जिल्ला र स्थानीय कमिटी बन्न नसक्नु दुःखद कुरा भएको उनी बताउँछन् । यसले स्थानीयस्तरमा शंका उपशंका बढाएको मात्र होइन सरकारका राम्रा कामको प्रचार पनि गर्न नसकिएको उनी बताउँछन् ।  

 


कर्णाली प्रदेश सरकार असफल  

 
नेता शाहीले कर्णाली प्रदेश सरकार पूर्णरुपमा बिफल भएको तर्क गरे । दुई–दुईवटा बजेट भाषण गरेपनि विकास बजेट खर्च शून्य हुनु नेतृत्वको असफलता भएको उनी बताउँछन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरुमा जोश जाँगर देखाएपनि पछि सरकारको कार्यविधिसमेत तय गर्न नसकेको आरोप उनले लगाए । 

 


मन्त्री पण्डित पनि असफल


नेता शाहीले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीको व्यवस्थापन पनि सही ढंगले गर्न नसकेकोमा असन्तृष्टि व्यक्त गरे । कर्मचारीलाई स्थानीय र प्रदेशमा खटाएपनि उनीहरुको नियन्त्रण केन्द्रबाटै गर्नु उचित नभएको उनको टिप्पणी छ । 


 

विशेष