खेल

एकदिवसीय सिरिजः ३६१ रनको लक्ष्य दिदा पनि वेस्ट इन्डिज पराजित

एकदिवसीय सिरिजः ३६१ रनको लक्ष्य दिदा पनि वेस्ट इन्डिज पराजित

काठमाडौं । वेस्ट इन्डिज विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल पाहुना टोली इग्ल्याण्डले ६ विकेटले जितेको छ । वेस्ट इन्डिजले दिएको ३६१ रनको लक्ष्य इग्ल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।  उसका लागि जोसन रोयले १२३, जो रुटले १०२, इयोन मोगर्नले ६५, जोनि बेयरिस्टोले ३४, बेन स्टोक्स (नटआउट) ले २० र जोस बटलरले अविजित ४ रन प्रहार गरे । बलिङमा वेस्ट इन्डिजका जोस होल्डरले २, ओशेन थमस र देवेन्द्र विशू एक-एक विकेट लिए । 


टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३६० रन बनायो । उसका लागि क्रिस गेलले सर्बाधिक १३५, साइ होपले ६४, डार्रेन ब्रावाले ४०, जन क्याम्पबेलले ३०, एशले नर्सले नटआउट २५, शिमरोन हिटमयरले २० र जोस होल्डरले १६ रन बनाए । बलिङमा इग्ल्याण्डका बेन स्टोक्स, आदिल रशिदले तीन-तीन र क्रिस ओक्सले एक विकेट लिए । पहिलो जितसँगै इग्ल्याण्डले पाँच एकदिवसीय सिरिज १-० ले अग्रता लिएको छ । 
 
 

एकदिसीय सिरिज वेस्ट इन्डिज भर्सेस इग्ल्याण्ड

विशेष