खेल

टी–२० विश्वकप छनोटः थाइल्याण्डलाई दोस्रो झड्का, नेरीले लिइन् विकेट

टी–२० विश्वकप छनोटः थाइल्याण्डलाई दोस्रो झड्का, नेरीले लिइन् विकेट

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको थाइल्यान्ड विरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । पहिलो विकेट करुणा भण्डारीले लिइन् । भने, दोस्रो विकेट नेरी थापाले हात पारिन् । करुणाले ३२ रन बनाएर खेलिरहेकी नरुमोल चाईवा र नेरीले नाटकन चैंन्टमलाई ५ रनमा आउट गरिन् । 

 

नेपाल र थाइल्यान्डबीचको खेल बैंककस्थित एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजीको मैदानमा नेपाली समयअनुसार बिहान ८ः४५ बजे सुरु भएको हो । पहिलो खेलमा मलेसियामाथि ३४ रनको जित निकालेको नेपाल विजय यात्रालाई निरन्तरता दिने रणनीतिमा आयोजक थाइल्यान्डको सामना गर्न लागेको छ ।

 

छनोटको तयारी स्वरुप गत महिना आयोजित वुमन ट्वान्टी–२० स्म्यासमा उपाधिका लागि नेपाल र थाइल्यान्ड भिडेका थिए । जसमा आयोजक टोली फराकिलो अन्तरले विजयी भएको थियो । महिना दिनको आसपासमा फेरि यी दुई टोलीले एक अर्काको सामना गर्दैछन् । बलियो थाइल्यान्डविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । 

 

स्म्यासमा नेपालले सहभागी राष्ट्रमध्ये आयोजक थाइल्यान्डबाहेक सबैलाई हराएको थियो । स्म्यासमा भएको कमजोरी र गल्तीलाई सुधार्नका लागि प्रशिक्षणमा प्रयास गरिएको प्रशिक्षक विनोद दासले बताएका छन् ।  जारी एसिया छनोटमा युएई दुवै खेलमा जित निकाल्दै ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । 

टी–२० विश्वकप छनोट नेपाल भर्सेस थाइल्यान्ड

विशेष