खेल

टी–२० विश्वकप छनोटः कविताले लिइन् एकै ओभरमा २ विकेट

टी–२० विश्वकप छनोटः कविताले लिइन् एकै ओभरमा २ विकेट

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको थाइल्यान्ड विरुद्धको खेलमा नेपाललाई पाँचौ सफलता मिलेको छ । चौथो र पाँचौ विकेट कविता कुँवरले लिएकी हुन् । यसअघि, नेरी थापाले २ र करुणा भण्डारीले एक विकेट लिइसकेकी छन् ।  पहिलो खेलमा मलेसियामाथि ३४ रनको जित निकालेको नेपाल विजय यात्रालाई निरन्तरता दिने रणनीतिमा आयोजक थाइल्यान्डको सामना गरिरहेको हो ।

 

छनोटको तयारी स्वरुप गत महिना आयोजित वुमन ट्वान्टी–२० स्म्यासमा उपाधिका लागि नेपाल र थाइल्यान्ड भिडेका थिए । जसमा आयोजक टोली फराकिलो अन्तरले विजयी भएको थियो । महिना दिनको आसपासमा फेरि यी दुई टोलीले एक अर्काको सामना गर्दैछन् । बलियो थाइल्यान्डविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । 

 

स्म्यासमा नेपालले सहभागी राष्ट्रमध्ये आयोजक थाइल्यान्डबाहेक सबैलाई हराएको थियो । स्म्यासमा भएको कमजोरी र गल्तीलाई सुधार्नका लागि प्रशिक्षणमा प्रयास गरिएको प्रशिक्षक विनोद दासले बताएका छन् ।  जारी एसिया छनोटमा युएई दुवै खेलमा जित निकाल्दै ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । 

टी–२० विश्वकप छनोट

विशेष