Technology

लन्च भयो सामसुङको ग्यालेक्सी फोल्ड, यस्ता छन् फिचर

लन्च भयो सामसुङको ग्यालेक्सी फोल्ड, यस्ता छन् फिचर

कोरियन कम्पनी सामसुङले आफ्नो पहिलो फोल्डिङ र ५ जि स्मार्ट फोन ग्यालेक्सी फोल्ड लन्च गरेको छ। पहिलो केही महिनादेखि उक्त फोनका बारेमा चर्चा हुँदै आएको छ। ४.६ इन्चको ग्यालेक्सी फोल्ड खुलेपछि ७.४ इन्चको ट्याब्लेटमा परिणत हुन्छ। यसको मूल्य १ हजार ९८० अमेरिकी डलर तोकिएको छ।

 

ग्यालेक्सी फोल्डमा ६ वटा क्यामेरा जडान गरिएको छन्। एउटा फ्रन्ट, तीन ब्याक र दुइटा भित्र। तीन रियर क्यामेरा मध्ये एउटा १६ मेगा फिक्चल र दुईटा १२/१२ मेगा फिक्चर छन्। भित्रका दुईटा क्यामेरा १० र ८ मेगा पिक्सल र अर्को फ्रन्ट क्यामेरा १० मेगा पिक्सलको रहेको छ।

 

यो फोन इन्ड्रोइट ९.० भर्जनमा चल्छ। यो फोन ४ जि र ५ जि दुवै भेरिन्टमा उपलब्ध हुने छ। यो ब्ल्याक सिल्बर ग्रीन र ब्लु गरी चार रङमा उपलब्ध रहेको छ।

 

उक्त फोनमा दुईटा ब्याट्री दिइएको छ। दुवैको कुल क्यापिसिटी ४३८० एमएएच छ। फोनमा १२ जिबि र्‍याम र ५१२ जिबि इनबिल्ट स्टोरेज रहेको छ। यसमा मेमोरी बढाउने अप्सन भने छैन।  यो फोनले एकैपटक ३ वटा एप सपोर्ट गर्छ। यसमा नेटफ्लिकमा फिल्म हेर्दै गुगलको प्रयोग गर्न पनि सकिन्छ। साथै टेक्स म्याजेसको जवाफ पनि दिन सकिन्छ।

मोबाइल

विशेष