राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप शनिबार
काठमाडौं । नेपाल रिङ रेस्लिङ संघकाे आयोजनामा आउँदो शनिबार लैनचौरस्थित टिटी हलमा राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुने भएको छ ।
उत्त च्याम्पियनसिपको विजेतामा प्रथमले रु ७० हजार, दोस्रोले रु २० हजार र तेस्रो हुने खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्ने संघकी अध्यक्ष सुनिता थापाले बताइन् ।
प्रतियोगितामा फाइनल पुग्ने खेलाडीबीच हुने हार्डक्रोम्याच सर्वाधिक आकर्षक हुनेछ । त्यसैगरी ट्रिपल थ्रिड, सिङ्गल थ्रिड, ट्रयाग टिमलगायतका म्याचहरु हुने बताइएको छ ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय रेस्लिङ खेलाडी नुवाकोटे टाइगर, दि युग, डेविट, डाकुर, सानु, रावल, एक्स हिरो, टुप्पि ग्याङ्ग, चटानलगायतको सहभागिता हुनेछ भने महिलातर्फ विलाशा, डेनिका, सोफीले प्रतिस्पर्धा गर्ने छन् । रेफ्रीमा कुँवेर केसी, प्रदीप पाण्डे, विकास खड्का रहने छन् ।
संघले खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमीसमेत सञ्चालन गरेको छ ।