मुख्य समाचार

वीर अस्पतालको लिफ्टको तार चुँडियो, दुईको मृत्यु, एक गम्भीर 

वीर अस्पतालको लिफ्टको तार  चुँडियो, दुईको मृत्यु, एक गम्भीर 

काठमाडौं । वीर अस्पतालको निर्माणाधीन भवनमा राखिएको अस्थायी लिफ् चुँडिदा दुई मजदुरको मृत्यु भएको छ । घटनामा एक गम्भीर घाइते भएका छन् । 

प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधी र २० वर्षीय भूमिकुमार चौधरी छन् । सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन् । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चिकित्सकहरुका अनुसार उनको आन्तरिक रक्तश्राव जारी छ । 

 

प्रहरीका अनुसार तीन जनै निर्माण मजदुर हुन् । गएराति करिब ८ बजे सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्टको चार तलामाथिबाट चुडिएर उनीहरु खसेका थिए । त्यसक्रममा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का व्यक्तिलाई हस्पिटल भर्ना गरिएको एक घण्टामा चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

 

हाल घटनास्थलको मुचुल्का प्रक्रिया प्रहरीले सकेको छ । दुई जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।
 

विशेष