खेल

यूएईमा नेपाली... क्रिकेटरले खेल जिते, स्टेडियम चम्काएर दर्शकले मन जिते

यूएईमा नेपाली... क्रिकेटरले खेल जिते, स्टेडियम चम्काएर दर्शकले मन जिते

काठमाडौं । यूएईमा भइरहेको टी–२० सिरिज अन्तर्गत शुक्रबार दोस्रो खेलमा नेपाल विजयी भयो । पहिलो खेलमा २१ रनले हार बेहोरेको नेपाल दोस्रो खेलमा भने ४ विकेटको शानदार जित हात पार्दा सिरिज बराबरमा पुर्याउन सफल भयो । 


नेपालले खेल जित्दा क्रिकेट रंगशालामा उपस्थित नेपाली दर्शकले बाजागाजा घन्किएका थिए । लय छोडिसकेको खेललाई नेपाली ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी र पवन शर्राफले जितसम्म पुर्‍याए । नेपाली झण्डा फहराउँदै खेलाडीलाई हौसला प्रदान गरिरहेका नेपाली दर्शक निराश भएनन् । 

 

शुक्रबार यूएईमा सार्वजनिक विदा परेकाले खेल हर्ने दर्शक पनि अन्य दिनभन्दा बढी देखिन्थे ।  यूएईविरुद्द एक दिवसीय सिरिज जितेसँगै नेपाली क्रिकेटको आईसीसी वरियता क्रममै प्रवेश भएको छ । र अहिले नेपाली क्रिकेटको चर्चा चुलिएको छ ।  

 
शुक्रबार खेल हेर्न पुगेका दर्शक खेल अवधिभर बाजागाजा र नेपालको राष्ट्रिय झण्डासहित रमाइलो गरिरहे । स्टेडियम पानी तथा जुसका बोतल, खाजा नास्ताका प्याकेटले फोहोर थियो । नेपाली क्रिकेट समर्थक समाज यूएईको टोलीले कालो प्लास्टिकको झोला समाएर स्टेडियममा भएको फोहोर संकलन गरे । खेल मैदानछेउ सफा बनाए ।

 

सरसफाइका लागि आयोजकले व्यवस्थापन गरेको भए पनि नेपालीको पहिचानका लागि आफूहरुले सबै खेलपछि स्टेडियम सफा गर्ने गरेको समाजका सुमिर न्यौपानेले बताए । हिजो नेपालले खेल त जित्यो नै साथै नेपाली क्रिकेट समर्थकले त्यहाँ भएको फोहोर सफा गरेर मन पन जीत्न सफल भए । 

नेपल भर्सेस यूएई स्टेडियम

विशेष