मुख्य समाचार

प्रदेश सांसद वलीको निधन

प्रदेश सांसद वलीको निधन

काठमाडौं । माघ २४ गते सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार वलीको निधन भएको छ । काठमाडौंमा उपचारकै क्रममा उनको निधन भएको हो । सांसद वली दाङ क्षेत्र नं. ३ (२) बाट निर्वाचित भएका थिए । नेकपाका नेता तथा सांसद वली चढेको गाडी दाङमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई कोहलपुर मेडिकल कलेजमा उपचारको लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट राजधानी लगिएको थियो । दुर्घटना भएको १६ दिनसम्म कोमामा रहेका सांसद ओलीलाई शुक्रबार बिहान मृत घोषणा गरिएको छ ।

 
घोराहीबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद ओली सवार कारलाई घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्वर ३ चिसापानी नजिकै ठक्कर दिदा दुर्घटना भएको थियो । सांसद वलीको टाउकोमा, हातमा, खुट्टामा गम्भीर चोट लागेको थियो ।


यसैबीच दिवंगत प्रदेशसभा सदस्य वलीलाई अन्तिम श्रद्धान्जली दिनका लागि अहिले बिहान ९ बजेदेखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने भएको छ । कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार १० बजेपछि उनको शव आजै गृहजिल्ला दाङ लैजाने तयारी छ ।

सवारी दुर्घटना उत्तरकुमार वली

विशेष