खेल

 क्रिकेटर हेलीको नयाँ कीर्तिमान, क्याच लिएर गिनिज रेकर्ड

 क्रिकेटर हेलीको नयाँ कीर्तिमान, क्याच लिएर गिनिज रेकर्ड

अस्ट्रेलिया । अस्ट्रेलिया राष्ट्रिय महिला क्रिकेट टोलीकी विकेटकिपर एलिसा हेलीले नयाँ कीर्तिमान आफ्नो नाममा बनाएकी छन् । २८ वर्षीय हेलीले सबैभन्दा उचाइको क्याच लिएर यस्तो कीर्तिमान बनाएकी हुन्। मेलबर्न क्रिकेट मैदानमा सबैभन्दा उचाइको क्याच लिएर कीर्तिमान बनाएपछि बिहीबार ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ ले हेलीलाई त्यसको प्रमाणपत्रसमेत प्रदान गरेको छ।

 

महिला टीट्वेन्टी विश्वकप सुरु हुन केवल एक वर्ष बाँकी रहेको अवसरमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गरेको विशेष कार्यक्रममा हेलीले उक्त कीर्तिमान बनाएकी हुन्। महिला टीट्वेन्टी विश्वकप सन् २०२० को फेब्रुअरी २१ देखि मार्च ८ तारिखसम्म अस्ट्रेलियामै आयोजना हुँदैछ।

हेलीले मेलबर्न मैदानमा हेलीले ८२.५ मिटर (२७०.६६ फिट) उचाईबाट झरेको क्रिकेट बललाई समातेकी थिइन्। यसअघि यस्तो कीर्तिमान ६२ मिटरको रहेको थियो। इङ्ल्यान्डकी क्रिकेटर क्रिस्टिना बाउमगार्टनरले सन् २०१६ को नोभेम्बरमा ६२ मिटर उचाइबाट झरेको बल समाएर कीर्तिमान बनाएकी थिइन्। त्यसअघि सन् २०१६ मै इङ्ल्यान्डको पुरुष क्रिकेट टोलीका पूर्वकप्तान नासिर हुसैनले पनि लर्डस क्रिकेट मैदानमा ३२ मिटर उचाइबाट खसेको बल समाएर कीर्तिमान बनाएका थिए। 
  

कीर्तिमान अस्ट्रेलिया विकेटकिपर एलिसा हेली

विशेष