खेल

टी–२० विश्वकप छनोटः ११ रन बनाउँदा यूएईले गुमायो ३ विकेट

टी–२० विश्वकप छनोटः ११ रन बनाउँदा यूएईले गुमायो ३ विकेट

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत यूएई विरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । यूएईले ५ ओभर खेल्दा ३ विकेट गुमाई सकेको छ । उसले दोस्रो, तेस्रो र चौथो ओभरमा विकेट गुमायो । नेपालकी सीता राना मगर एक्लैले २ र कविता कुँवरले एक विकेट लिइन् । 

 

विरुद्धको खेलमा नेपाललले टस हारेर बलिङको निम्तो पाएको थियो । यी दुवै टोलीबीचको खेल बैंककस्थित एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भइरहेको छ । पहिलो खेलमा मलेसियामाथि ३४ रनको जित र दोस्रो खेलमा आयोजक राष्ट्र थाइल्यान्डसँग ५७ रनले हारेको नेपाल आज जितका साथ मैदान उत्रेको छ । 

 

जारी एसिया छनोटमा युएई तीन खेलमा जित निकाल्दै ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । १ खेलमा जित निकालेको नेपाल २ अंकका सहित चौथो स्थानमा छ । फागुन १२ गते हङकङसंग प्रतिस्पर्धा गर्ने नेपालले १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविनका आधारमा हुने छनोटको शीर्ष स्थानमा रहने टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

टी–२० विश्वकप छनोट नेपाल भर्सेस यूएई

विशेष