टी–२० विश्वकप छनोटः ४१ रनमै समेटियो यूएई

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत यूएईले नेपाललाई ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाउँदै ४१ रन मात्र बनाउन सक्यो । उसका लागि चम्नि सेनविरात्रनाले सर्बाधिक १३ रन बनाइन् ।
यूएईका तीन जना ब्याट्समेनले खाता नै खोल्न नसक्दा सात जना ब्याट्सवुमेनले दोहोरो अंकमा रन बनाउनै सकेनन् । बलिङमा नेपालकी नेरी थापाले ४, सीता राना मगर, कविता कुँवर र सोनु खड्काले दुईदुई विकेट लिए ।
पहिलो खेलमा मलेसियामाथि ३४ रनको जित र दोस्रो खेलमा आयोजक राष्ट्र थाइल्यान्डसँग ५७ रनले हारेको नेपाल आज जितका साथ मैदान उत्रेको छ । जारी एसिया छनोटमा युएई तीन खेलमा जित निकाल्दै ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।
१ खेलमा जित निकालेको नेपाल २ अंकका सहित चौथो स्थानमा छ । फागुन १२ गते हङकङसंग प्रतिस्पर्धा गर्ने नेपालले १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविनका आधारमा हुने छनोटको शीर्ष स्थानमा रहने टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।
टी–२० विश्वकप छनोट नेपाल भर्सेस यूएई