कभर स्टोरी स्ट्रेट फरवार्ड

१७ हजार मारेपछि प्रचण्डको योग्यता पाँच पिएचडी बराबर (भिडियोसहित)

१७ हजार मारेपछि प्रचण्डको योग्यता पाँच पिएचडी बराबर (भिडियोसहित)

काठमाडौं । डा. प्रेम सिंह बस्नेत नेपालआजका नियमित भिडियो स्तम्भकार हुनुहुन्छ । ‘स्टेट फरवार्ड’ नामक स्तम्भमा डा. बस्नेतले यसपटक फास्ट ट्रयाक बनाउन नदिने खेल भइरहेको खुलासा गर्नुभएको छ । वर्तमान सरकार अराजकतातर्फब प्रवेश गरेको उहाँको दावी छ । सेनाको संख्या घटाउने योजना घातक रहेको उहाँको ठहर छ । प्रस्तुत छ उहाँले ‘स्ट्रेट फरवार्ड’ व्यक्त गर्नुभएको धारणाको मुख्य सारः 

 

–     प्रधानमन्त्री केपी ओली एक्लै दौडिरहनु भएको छ । नेकपाका दुई अध्यक्षको टाउको दुइतिर फर्किएको छ । नेकपाभित्रको गुटले मुख्य समस्या पारेको छ । ओलीलाई साथ दिने मन्त्रीहरु छैनन् । रवीन्द्र अधिकारी, लालबाबु पण्डित, रघवीर महासेठ जस्ता मन्त्रीका कारण सरकार बदनाम भएको छ । 

 

–    यो सरकारका मुख्य अरिंगाल त केपी ओली नै हुन् । त्यसपछि योगेश भट्टराई र सूचनामन्त्री गोकुल बास्कोटा दोस्रो वरियताका अरिंगाल हुन् । विद्यार्थीका रञ्जित तामाङ र युवा संघका अध्यक्ष रमेश पौडेल पनि अरिंगाल हुन् । मन्त्री बास्कोटाको बोल्ने शैलीले नै जनता इरिटेट पारिरहेको छ । 

 

–    तीन जना नेपालीलाई अमेरिका राखेर पिएचडी गराएभन्दा बढी खर्च गरेर कोस्टारिका  पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले पिएचडी उपाधि लिनु भएको छ । यसकारण म अब उहाँलाई नौ पासे भन्दिनँ । डा. ओली भन्छु । 

 

–    प्रतिपक्षी कांग्रेसलाई सयमा दूई र पक्षलाई सयमा पाँच नम्बर दिन्छु । कांग्रेस आफै भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । कांग्रेसका नेता उनीहरुका आफन्तहरुले देश लुटेर खाएका छन् । देउवाबाट कांग्रेसले मुक्ति पाउनु पर्छ ।  १७ हजार मान्छे मार्ने प्रचण्डको योग्यता भनेको पाँच वटा पिएचडी बराबर हो । 

 

–    राजपा शान्त छ । सच्चा तराईबासीमा मेरो अनुरोध छ । जसलाई तपाईंहरुले आफ्नो प्रतिनिधि बनाउनु भएकोछ यिनीहरु सक्कली नेपाली होइन । भारतमा सिलिभरको लोटा उचाल्न नसकेर नेपाल पसेकाहरुको मिसन नै तराई टुक्रा पार्नेहो । यिनीहरु नेपालमा लुट्न आएका पात्रहरु मात्रै हुन् । ब्वाँसोले सिकार सके जस्तै यिनीहरु पनि त्यस्तै हुन् । भारतीयहरुलाई नागरिकता बाँड्न आएका पात्र मात्रै हुन् । 

–    यो सरकारको पतन हुन्छ । राजाहरुलाई विष्णुको अवतार भनेर उचाल्ने चम्चेहरुका कारण राजसंस्था गयो । अहिले पनि सल्लाहकारका नाममा ओलीका चम्चाहरुका कारण यो सरकारको पनि पतन हुन्छ । 

–    यो सरकार सुध्रिने हो भने यसले पनि गर्न सक्छ । तर सुध्रिन संकेत  देख्दिनँ । 

–    १५ वर्षसम्म भ्रष्टाचारको आरोप खेप्नेहरु अख्तियारका प्रमुख बनेको देश हो । 

 

–    मित्र राष्ट्र भारतमा भएको आतंकवादी हमलाको निन्दा गर्छु । भारत र पाकिस्तानबीच युद्ध हुन हुँदैन । त्यस्तो भयो भने नेपालकै गोर्खाको निधन हुन सक्छ । आतंककारी पाल्ने भन्ने कुरा कहिले काहिँ सम्भव पनि हुन्छ । पाकिस्तानले पालेर आफ्नो अनुकुलमा प्रयोग गर्न सक्छ । भारतको दावी अनुसार पाकिस्तानले आतंकवादी पालेको छ । हाम्रो देशको आतंकवादीलाई भारतले पालेकै हो । 

 

नेपाली सेनाको संख्या घटाउने योजना बनिरहेको छ । नेपाली सेनाले देश बनाउन खोज्दा अहिले सेनामा टार्गेटमा परेको छ । फास्ट ट्रयाक बनाउन नदिने विदेशी खेल भइरहेको छ । नेपाली सेनालाई विवादमा पार्न पूर्वआर्मी अफिसरहरु पनि लागि परेका छन् । हरेक काममा सेना चाहिएको छ । यसकारण सेनाको संख्या घटाउने होइन, ५० हजार थप्नु पर्छ । फास्ट ट्रयाक सेनालाई भारतलाई मन परेको छैन । 

विशेष