खेल

टी–२० विश्वकप छनोटः यूएईमाथि नेपालको शानदार जीत

टी–२० विश्वकप छनोटः यूएईमाथि नेपालको शानदार जीत

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत यूएईमाथि नेपालले ८ विकेटको जीत निकालेको छ । यूएईले दिएको ४२ रनको लक्ष्य नेपालले ३ विकेट गुमाउँदै १०‍.२ ओभरमा पूरा गर्यो । नेपालका लागि काजल श्रेष्ठले १५, कप्तान रुविना क्षेत्रीले नटआउट १८ र सरिता मगरले ६ रन बनाइन् ।

 

यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको यूएईले १७.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ४१ रन बनायो । उसका लागि चम्नि सेनविरात्रनाले सर्बाधिक १३ रन बनाइन् । यूएईका तीन ब्याट्सम्यानले खाता नै खोल्न नसक्दा सात खेलाडीले दोहोरो अंकमा रन बनाउनै सकेनन् । बलिङमा नेपालकी नेरी थापाले ४, सीता राना मगर, कविता कुँवर र सोनु खड्काले दुईदुई विकेट लिए । 


नेपाल पहिलो खेलमा मलेसियामाथि ३४ रनको जित र दोस्रो खेलमा आयोजक राष्ट्र थाइल्यान्डसँग ५७ रनले वराजित भएको थियो ।  अब नेपालले फागुन १२ गते हङकङसंग, १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविनका आधारमा हुने छनोटको शीर्ष स्थानमा रहने टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

नेपाल भर्सेस यूएई टी–२० विश्वकप छनोट

विशेष