जापानलाई हराउँदै कतारले जित्यो एएफसी एसियन कपको उपाधि
काठमाडौं । यूएईमा भएको एएफसी एसियन कप च्याम्पियन्स फुटबलको उपाधि कतारले जितेको छ । युएईको जायद स्पोर्टस सिटी स्टेडियममा भएको उपाधि भिडन्तमा कतारले एसियाको पावर हाउस जापानलाई ३–१ ले स्तब्ध बनाउँदै उपाधि जीतको हो ।
कतारलाई जिताउने क्रममा खेलको १२ औँ मिनेटमा अक्रम अफिफको सहयोगमा अलमोएज अलीले पहिललो गोल गरे । त्यसपछि खेलको २७ औँ मिनेटमा कतारले हतिम अब्देलाजिजले अर्को गोल थपे । उनले अक्रम अफिफकै पासमा गोल गर्दै खेललाई २–० मा पुर्याए ।
पहिलो हाफमा २–० को अग्रता बनाएको कतारले दोस्रो हाफमा एक गोल थप्यो । खेल अवधिभर ६० प्रतिशत बल पोजेसन बनाएको जापानका लागि खेलको ६९ औँ मिनेटमा ताकुमी मिनामिनोले युया ओसाकोको पासमा गोल गर्दै खेललाई २–१ मा ल्याइ पुर्याए ।
तर कतारले खेलको ८३ औँ मिनेटमा पेनाल्टी पायो । यो पटक पहिलो हाफमाा २ गोलका लागि पास उपलब्ध गराएका अक्रम अफिफले गोल गरेपछि कतार ३–१ ले अघि बढ्यो । त्यसपछि दुवै टिमबाट गोल हुन नसक्दा कतारले एसियन कपको उपाधि आफ्नो घरमा भित्र्यायो । कतारले यसअघि सन् २०११ को एसियन कप फाइनलमा जापानसँग भोगको ३–२ को हारको बदला पनि लिएको छ ।
जापान एएफसी एसियन कप च्याम्पियन्स