खेल

पुलवामा हमला असरः यो पटक आइपीएलको उद्घाटन कार्यक्रम नहुने 

पुलवामा हमला असरः यो पटक आइपीएलको उद्घाटन कार्यक्रम नहुने 

एजेन्सी । यो संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को उद्घाटन सत्र नहुने भएका छ । पुलवामा हमलालाई ध्यानमा राखेर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले शुक्रबार यस पटक आइपीएलको उद्घाटन सत्र नराख्ने निर्णय गरेको हो । बिसिसिआइले १२ औं संस्करणको उद्घाटन सत्रमा लाग्ने खर्च सो आतंकवादी हमलामा ज्यान गुमाएका जवानहरूका परिवारका सहयोगका लागि प्रदान गर्ने जनाएको छ।

 

मार्च २३ बाट यस वर्षको आइपीएल सुरू हुँदैछ। प्रत्येक वर्ष ठूलो धनराशी खर्च गरेर आइपीएलको उद्घाटन गर्ने गरिन्छ। पहिलेका संस्करणमा देशी तथा विदेशी कलाकारहरूको साथमा उसले  भव्य उद्घाटन कार्यक्रम गर्ने गर्थ्यो। आइपीएल प्रशासनका सिओए विनोद रायले उद्घाटन सत्रमा जति पैसा खर्च हुन्छ सो रकम शहीद परिवारलाई दिने बताए । 

इन्डियन प्रिमियर लिग भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआई पुलुवा हमला

विशेष