डीपीएलको फाइनल आज, शरद र दिपेन्द्रको टोली भिड्दै
काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) मा उपाधि भिडन्त आज हुँदैछ । महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरिया उपाधिका लागि भिड्दै छन् । फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगर शरद भेषावकरको कप्तानीमा मैदानमा उत्रनेछ भने अत्तरिया दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा छ।
उपाधि भिडन्तका लागि मैदान प्रवेश गर्दा महेन्द्रनगर र अत्तरियाको लक्ष्य ‘च्याम्पियन’ बन्ने रहेको दाबी उनीहरूले गरेका छन्। आफ्ना खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौंले खेल बहिष्कार गरेपछि महेन्द्रनगरले अत्तरियासँगको उपाधि भिडन्त पक्का गरेको हो।
काठमाडौंलाई नै हराएर फाइनल पुगेको अत्तरिया जारी प्रतियोगिताको बलियो टोली हो। अत्तरियाले प्रतियोगितामा उच्च प्रदर्शन गरिरहे पनि शरद आफ्नो टोली च्याम्पियन बन्ने दाबी गर्छन्। अत्तरिया पहिलो पटक डीपीएलको फाइनलमा पुगेको हो। अत्तरियालाई पहिलो पटक डीपीएलको ट्रफी उचाल्ने अभियानमा छ। दीपेन्द्र आफ्नो कप्तानीमा पहिलो पटक टोलीलाई उपाधि दिलाउन आतुर छन्।
धनगढी प्रिमियर लिग अत्तरिया भर्सेस महेन्द्रनगर