भाषाशास्त्री पोखरेलेको निधन
काठमाडौं । भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलेको ८६ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ ।
‘खस जातीको इतिहास’ नामक चर्चित पुस्तकका लेखक एवं नेपाली वाङ्मयका अथक साधक पोखरेलेको आइतबार राति १ बजेर ३० मिनेटमा विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो ।
पोखरेललाई एक महिनाअघि मष्तिस्कघात भएको थियो । पोखरेलका तीन छोरी र एक छोरा छन् ।