राउटेहरुलाई एनजिओको जागिर, तलब १५ सय
काठमाडौं । राउटेहरु स्पष्ट तीन मान्यता राख्छन् –खेतीपाती नगर्ने, लेनपढमा नलाग्ने र जागिर नखाने । आफ्नै मान्यताविपरीत पूर्वमुखिया मोहनबहादुर शाहीसहित पाँच जना राउटेले शनिबार जागिर शुरु गरेका छन् । पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदाय अहिले पैसाकै लागि जागिर खान तयार भएका हुन् ।
सुर्खेतको लोकबेसीं नगरपालिकामा बस्दै आएका राउटे समुदायका पूर्वमुखिया मोहनबहादुरसहित अहिलेका मुखियाहरु सूर्यनारायण, दिलबहादुर, वीरबहादुर र राउटे युवा प्रकाश शहीलाई दैलेखको सामाजिक सेवा केन्द्रले राउटे सामाजिक कार्यकर्ता पदमा जागिर दिएको छ । सो पदमा रहेकाले मासिक १५ सय तलब पाउनेछन् ।
नागरिक दैनिकबाट