स्वास्थ्य

पेट बढेर हैरान हुनुहुन्छ? त्यसो भए अपनाउनुस् यस्ता उपाय

पेट बढेर हैरान हुनुहुन्छ? त्यसो भए अपनाउनुस् यस्ता उपाय

काठमाडौं । पेटमा बोसो भरिन थालेपछि शरीर भद्दा देखिने मात्र नभई यसले स्वास्थ्यमा समेत असर पुर्याइरहेको हुन्छ। तसर्थ, पेटमा जमेको बोसो अर्थात् बढेको भुँडीलाई घटाउन आवश्यक छ। पेटको बोसो घटाउन फाइबर युक्त खाना खानुपर्छ। जसले आन्द्रालाई स्वस्थ राख्नुका साथै पेट भरिएको महसुस गराएर तौल घटाउन सहयोग गर्छ।

 

प्रसस्त मात्रामा पानी पिउनुहोस्। नियमित पानी पिउँदा पाचन प्रणाली सन्तुलित हुनुका साथै शरीरमा रहेका विषाक्त वस्तुलाई पानीले बाहिर निकाल्छ। हरेक दिन विहान कागती पानीको सेवन गर्दा पनि तौल नियन्त्रण हुन्छ। मासु वा बोसोजन्य पदार्थको सेवन एकदमै कम गर्नुहोस्। बरु यसको सट्टामा माछा खान सकिन्छ।

 

तरकारीमा अदुवा, लसुन, मरिच तथा दालचिनीजस्ता मसलाको प्रयोगले रोगप्रतिरोधी क्षमता वढाउन सहयोग पुग्छ। यसले रगतमा सुगरको मात्रालाई पनि नियन्त्रण गर्छ। अत्यधिक मदिरा पिउँदासमेत पेटमा बोसो जम्मा हुने गर्छ। यसर्थ सकेसम्म मदिरा सेवन गर्नुहुँदैन। यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

पेट पेट बढ्यो

विशेष