क्याप्टेनको ट्रेलर रिलिज : अभिनेत्रीद्वय उपासना र प्रियंकासँग अनमोलको रोमान्स [भिडियो]
![क्याप्टेनको ट्रेलर रिलिज : अभिनेत्रीद्वय उपासना र प्रियंकासँग अनमोलको रोमान्स [भिडियो]](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/netrapaudel_34/2019/02/anmolkc23wxibhiub7y.jpg)
काठमाडौं । अभिनेता अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गरेर ट्रेलर सार्वजनिक गरिएको हो ।
क्याप्टेनमा एउटा फुटबल खेलाडीको जीवनमा आउने उतारचढावका बारेमा देखाउने प्रयास गरिएको ट्रेलर सार्वजनकि कार्यक्रममा जानकारी दिइएयो । फिल्ममा अनमोल फुटबल खेलाडीको भूमिकामा देखिएका छन्।
सार्वजनिक ट्रेलरमा अनमोल अभिनेत्रीद्वय उपासनासिंह ठकुरी र प्रियंका एमभीसँग रोमान्स गरिरहेको देखाइएको छ। १७ फागुन प्रदर्शनमा जाने फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गरेका छन्। फिल्मलाई भूवन केसीले निर्माण गरेका हुन् भने दीवाकर भट्टराईले निर्देशन गरेका छन्। फिल्ममा पटकथा सामिप्यराज तिमल्सिना, द्वन्द्व चन्द्र पन्तको रहेको छ ।
अनमोल केसी क्याप्टेन