टी–२० विश्वकप छनोटः नेपाल र हङकङ भिड्दै

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले चौथो खेल हङकङसँग खेल्दै छ । थाइल्याल्याण्डमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा तीन खेलमा दुईमा जित निकालेको नेपाल चिरप्रतिद्वन्द्वी हङकङलाई पराजित गर्दै आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ । थाइल्याण्डसँग पराजित भएपछि शीर्ष स्थानमा रहने यात्रामा धक्का पुगेको नेपालले आज हङकङलाई हराउन सकेमा तेस्रो स्थानमा उक्लने छ ।
नेपाललाई शीर्ष स्थानमा पुग्नका लागि थाइल्याण्ड कुनै टिमसँग पराजित हुनुपर्नेछ । तीन खेलबाट नेपाल प्रतियोगिताको चौथो स्थानमा छ । थाइल्याण्ड शीर्ष स्थानमा छ । यता हङकङले अहिलेसम्म जित निकाल्न सकेको छैन । उसले खेलेका तीन खेलमा तीनैमा पराजित भएको छ । त्यसैले पनि नेपालविरुद्धको खेलमा उसले पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
टी–२० विश्वकप छनोट नेपाल र हङकङ भिड्दै