प्रधानमन्त्रीका ठूला सपना, जनसरोकारका काममा नजरअन्दाज
पूर्ण ओली
काठमाडौं । पत्रकार रबि लामीछानेले आफ्नो टिभी च्यानलको प्रस्तुतीमा भन्नुुभएअनुसार प्रधानमन्त्रीका सबै सल्लाहाकारलाई बालुवाटारमा मासु चिउरा खान दिएर प्रधानमन्त्रीलाई साधारण जनताको रुपमा शहरमा घुमाएर बसमा यात्रुले पाएको सास्तीको अनुुभव गराउने हो भने बसभित्र महिलाहरुप्रति गरिने दूर्व्यवहारको प्रत्यक्ष अवलोकन गर्ने अवस्था सिर्जना हुन्छ । शहरका गल्लीहरुमा ट्याक्सीमा जाँदा सडकको दूरावस्था अनुुभव गराउन सकिनेछ ।
अरु बेलामा साइरन बजाउंदै खुला सडकमा हिंँड्ने प्रधानमन्त्रीलाई शहरको ट्राफिक अव्यवस्थाको प्रत्यक्ष अनुुभव पनि त्यहि बेलामा हुनेछ । शहरका कुनाकानीमा थुुपारेर राखेका फोहोरको डङगुरको पनि दृश्य देखाउन आवश्यक छ । सरकारी कार्यालय मालपोत, कर तथा यातायात कार्यलयमा लेखनदास या दलालबिना कुनै काम भए नभएको पनि अनुुभव गराउन उपयुक्त हुनेछ ।
यी र यस्तै जनसरोकारका बिषयहरुमा रबि लामिछाने बारम्बार बोलिरहन्छन् । उनले कतिपय अबस्थामा अख्तियारसंँग समन्वय गरी कर्मचारीले घुस लिंँदालिदैको भिडियो पनि प्रस्तुत गरिसकेका छन् । अर्थात जनताको सहि आवाजबाहिर ल्याउन यस्ता पत्रकारको नेपालमा अत्यन्तै आवश्यकता छ । सबै काम प्रधानमन्त्रीले मात्रै गर्ने होइनन् उनले आफ्नो बिचार तथा निर्देशन दिनेहुन् । तर सबै कार्यको जवाफदेही अन्त्यमा कार्यकारी प्रधानमन्त्री नै हुनुपर्छ ।
प्रधानमन्त्रीको इच्छाशक्ति र निर्देशनअनुसार मन्त्री तथा कर्मचारी अघि बढ्न सकेको देखिदैन् । न त सल्लाहकारले जनताको चाहना र समस्या सरकारप्रमुख समक्ष पुुर्याउन सकेकै छन् । कमसेकम महानगर तथा नगर प्रमुखहरुलाई मात्र पनि उनीहरुको प्रमुख कर्तब्य नागरिकलाई स्वस्थ्य हावा र पानी प्रदान गर्नु हो ।
यात्रामा सुबिधा पुुर्याउन सडक तथा ट्राफिक ब्यबस्थापन मिलाउनु हो । तर यति कुरामा पनि ध्यान नपुुर्याउँंदा प्रधानमन्त्रीलाई हरेक कुराका आक्षेप आइरहन्छ । प्रधानमन्त्रीले सबैलाई जवाफ दिइराख्नुभन्दा कमसेकम बोल्ने र बोल्न आवश्यक भएको ठाउँमा प्रवक्ताको प्रयोग गर्न उत्तम हुनेछ । कहिलेकाहिँ सार्बजानिक महत्वको बिषयमा या राष्ट्रको लागि अतिआवश्यक बिषयमा मात्र संचारमाध्यममा देखापरेर बोल्न उचित हुनेछ प्रधानमन्त्री ज्यू ।
अहिले टिभीमा प्रधानमन्त्रीसंँग जनता कार्यक्रममा जनता होइन एकजना पत्रकार जसले सरकारका काम कारबाहिका गतिबिधिमात्र जानकारी गराउने उद्देश्यकासाथ कार्यक्रम चलाएको देखिन्छ । जनताले आफ्ना कुरा प्रधानमन्त्रीसमक्ष राखेको पाइदैन । यदि साँच्चै जनतासंँग प्रत्यक्ष कुरा गर्न चाहना राख्ने हो भने प्रधानमन्त्रीले जनतालाई बालुवाटारमा बोलाएर भेट गर्ने समय मिलाइयोस् ।
यसबाट जनताको बास्तबिक चाहना थाहा हुन्छ । अहिले भ्रष्टाचार झन बढेको अबस्थामा भ्रष्टाचारीबिरुद्ध कडा कारबाही हुनुुभन्दा ठूला भ्रष्टाचारी प्रमुख पदहरुमै आसिन भएको पाइएको छ । मेलम्ची आयोजनाको इटालियन ठेकेदार भगाउने प्रमुख व्यक्ति खानेपानी सचिब भन्ने थाहा हुंँदाहँुंदै उनलाई कारबाही गर्नुुको साटो पोष्टिङमात्र गरेर टार्न खोजिदैछ ।
अख्तियारले आफ्नै आयुक्त राजनारायण पाठकलाई बडा मुस्किलले आफै छानबिन गर्न थालेको छ । उनलाई कडासँंग कारबाही हुने नहुने निश्चित छैन । कम्पनी रजिष्टार कार्यलयमा दलका कार्यकर्ता र कर्मचारीबीच घूसको बिषयमा कुटपिट भएको समाचार आइरहेको छ । ट्रेड युनियनका अध्यक्ष घुुस्याहा कर्मचारीको पक्ष लिएर मन्त्रीसमक्ष उजुुरी दिन जान्छन् । यो सबै गतिबिधिले सरकारसाथै प्रधानमन्त्रीको छवि धुमिल्लिन गएको छ ।
सरकारका जहाज र रेलको आगमनले नेपाललाई भन्दा भारत र चीनको ब्यापारमात्र बढ्ने छ । दलाल पूँजीपतिहरुले कमिसनमुखी व्यापारमार्फत आयातमा बढि जोड दिनेछन् । निर्यातमुखी उद्योग भनेको आधुनिक कृषिमा ब्याबसायिककरण मात्र हो । यसतर्फ सरकारको ध्यान अझै पुुगेको छैन । यसबाहेक जलबिद्युत तथा पर्यटनबाट मात्र देशले बढि फाइदा लिनसक्छ । यी सबैमा पहिलो शर्त भनेको भ्रष्टाचाररहित सुशासन मात्र हो ।
यसतर्फ सरकार बोलीमात्र रहेको छ तर कार्यान्वयनमा खासै उपलब्धी केहि पनि देखिएको छैन् ।
चाबहिल सरस्वतीनगर काठमाडौं ।