मुख्य समाचार

सप्तरीमा तस्कर र प्रहरीबीच गोली हानाहान, तीनजना पक्राउ 

सप्तरीमा तस्कर र प्रहरीबीच गोली हानाहान, तीनजना पक्राउ 

राजविराज । सप्तरीमा गाँजा तस्कर र सशस्त्र प्रहरीबीच गोली हानाहान भएको छ । भारत निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको प्रहरी र तस्करहरुबीच गएराति हनुमाननगर कंकालिनी नगरपालिका १३ मा गोली हानाहान भएको हो । 

 

प्रहरी टोलीलाई देखेर तस्करले २ राउन्ड गोली चलाएपछि प्रहरीले पनि एक राउन्ड हवाई फायर गरेर ३ जना गाँजा तस्करलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ६ नं गणका एसपी खेमबहादुर थापाले बताए। तस्करसहित करिब ५० केजी गाँजा नियन्त्रणमा लिएको उनले जानकारी दिए। 

 

भारत निकासी हुँदै गरेको गाँजासहित भारतको सुपौल घर भएका ६५ वर्षीय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ५६ वर्षिय हिरा मुखिया र ४५ वर्षिय लालबहादुर राय पक्राउ परेका हुन्। संलग्न अन्य व्यक्ति फरार भएको एसपी थापाले बताए। 
 

गोली हानाहान  सप्तरी

विशेष