मुख्य समाचार

सबै बिकल्प बन्द भएपछि बोहोरा राप्रपामा फर्किए 

सबै बिकल्प बन्द भएपछि बोहोरा राप्रपामा फर्किए 

काठमाडौं । सबै विकल्प बन्द भएपछि पूर्वपञ्च दीपक बोहोरा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा फर्किएका छन् । 

 

पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहानी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भएपछि बोहोरा असन्तुष्ट थिए ।

 

उनकै अगुवाईमा भेला गरेर राप्रपा प्रजातान्त्रिक ब्यूँताउने प्रयास समेत भएको थियो । बोहोराले संघीय समाजवादी फोरममा समेत वरिष्ठ पद ओगट्ने गरी प्रवेश गर्न खोजेका थिए । उनको चाहनामा अध्यक्ष उपेन्द्र यादवले ग्रिन सिग्नल दिए पनि फोरमभित्र अरु नेताहरु नमानेपनि बोहोरा अलमलमा परेका थिए । 

 


अन्ततः बोहोरा र उनको समूह थापा नेतृत्वको पार्टीमा पुनः प्रवेश गरेको छ ।
 

विशेष